स्याङ्जामा ४ किलोमिटर पदमार्ग निर्माण
प्रकाश डोटेल/स्याङ्जा :
आर्थिक वर्ष २०८१÷२०८२ मा स्याङ्जामा ८० लाखको लागतमा झण्डै ४ किलोमिटर दुरीको पदमार्ग निर्माण गरिएको छ । आन्तरिक र बाह्यि पर्यटकलाई लक्षित गरी जिल्लाका ११ पालिकामा संचालित १० योजना मार्फत ३ किलोमिटर ६ सय ५३ मिटर पदमार्ग निर्माण गरिएको छ ।
गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले पदमार्ग निर्माण गरेको हो । धार्मिक मठमन्दिर र ऐतिहासिक परातात्विक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न पदमार्ग निर्माण गरिएको छ । ८० लाखको लागतमा पदमार्ग र मार्गमा फलाम तथा स्टिलको रेलिङ निर्माण गरिएको कार्यालयले जनाएको छ ।
निर्मााण भएको ४ किलोमिटर पदमार्गमध्ये कंक्रिट ढलानको झण्डै २ किलोमिटर दुरीको पदमार्ग ४० लाखमा बनेको छ । कार्यालयका अनुसार २० लाखको लागतमा छपनी कटिङ् ढुंगा प्रयोग भएको करिब १ किलोमिटर र २० लाख खर्चमा सुक्खा छपनी स्थानीय ढुंगाको प्रयोगबाट झण्डै १ किलोमिटरको पदमार्ग निर्माण गरिएको छ ।
‘धार्मिक महत्व बोकेका ऐतिहासिक, पुरातात्विक, पर्यटकीय क्षेत्रको विकासमा टेवा पु¥याउन पदमार्ग निर्माण गरिएको कार्यालय प्रमुख नारायण ढकालले बताए । ‘आन्तरिक र बाह्यि पर्यटकको सहजताका लागि १० वटा योजना मार्फत पहुँचमार्ग निर्माण गरिएको छ ।’ उनले भने, ‘विनियोजित ८० लाख बजेटबाट झण्डै ४ हजार मिटर दुरीको पदमार्ग निर्माण भएको हो ।’
पदमार्ग निर्माण योजनाहरुमा पुतलीबजारको कैलाश गुफा, आँधीखोलाको देउराली–बिसौना हुँदै फापरथुम, फेदीखोलाको कुखुरेखोला–खहरे हुँदै नुवाकोट, डडुवाचौर–चिप्लेटी, भीरकोटको ज्यामिरेदेखि बाहुनडाँडा हुँदै दरपुक पर्यटकीय स्थल जोड्न गरी पदमार्ग निर्माण भएको उद्योग कार्यालयका इन्जिनियर फणीन्द्र रौनियारले बताए ।
त्यस्तैगरी, चापाकोटको मल्याङ्कोट मन्दिर, मणिमुकुन्देश्वर मन्दिर–कालिगण्डकी नदी जोड्ने, वालिङको सुर्कौदीदेखि पेखुसम्म, गल्याङ्को निमाघाट ऐतिहासिक क्षेत्र, र कालीगण्डकीको फुस्रेखोला–चण्डीथान हुँदै बैघागाउँ जोड्ने गरी धार्मिक पदमार्गको निर्माण भएको छ । पदमार्ग निर्माणसँगै धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्वका स्थल पुग्न सहज भएको रौनियार बताउँछन् ।
स्याङ्जामा गत आर्थिक वर्ष २०८१÷०८२ मा ११ पालिका मध्ये वालिङ्मा ५, गल्याङ्मा ४, आँधीखोलामा ४, कालिगण्डकीमा ३, पुलतीबजारमा ३, फेदीखोलामा ३, अर्जुनचौपारीमा ३, भीरकोटमा २, चापाकोटमा २, बिरुवामा १ गरी ३० मध्ये २९ वटा योजना निर्माण भएको कार्यालयले जनाएको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


