भीरकोट कृषि विकास परियोजनामा काम गर्ने अवसर

स्याङ्जाको भीरकोट नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्था स्याङ्जाको सहजीकरणमा सञ्चालन हुन लागेको “भीरकोट कृषि तथा पशु विकास परियोजना” का लागि विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

आवेदन मागको विवरण र सूचना यस प्रकार रहेको छ ।

१. आवश्कता सम्वन्धी विवरण :
क) पद : कार्यक्रम संयोजक
पद संख्या : १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :
 कृषि, भेटेरिनरी वा अन्य कुनै विषयमा स्नातक तह उतिर्ण गरी कम्तीमा २ वर्ष सामुदायिक विकास तथा बाख्रा, दुध र तरकारीको मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
 प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धि अनुभव भएको ।
 परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
 साना किसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
 कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्वन्धी ज्ञान, सीप भएको ।
 कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
 व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको ।
 स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
 कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
 मोटरसाईकल/स्कूटर लाईसेन्स भएको र कम्तीमा ८० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने ।

ख) पद : पशु प्राविधिक
पद संख्या : १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :
 भेटेरिनरी विषयमा आईएससी वा सोसरह उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा २ वर्षको कार्यानुभव भएको ।
 कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
 स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
 प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा कार्यक्रमको अनुगमन र पृष्ठपोषण गर्न सक्ने ।
 कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
 मोटरसाईकल/स्कूटर लाईसेन्स भएको र कम्तीमा ९० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने ।

ग) पद : कृषि प्राविधिक
पद संख्या : १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :
 कृषि विषयमा आईएससी वा सोसरह उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा २ वर्षको कार्यानुभव भएको ।
 कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
 स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
 प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा कार्यक्रमको अनुगमन र पृष्ठपोषण गर्न सक्ने ।
 कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
 मोटरसाईकल/स्कूटर लाईसेन्स भएको र कम्तीमा ९० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने ।

ग) पद : लेखापाल
पद संख्या :१ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :
 वाणिज्य शास्त्रमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरी सम्बन्धित विषयमा ३ वर्ष कार्यानुभव भएको ।
 लेखाका आधारभुत सिद्धान्तको विषयमा ज्ञान, सीप भएको ।
 कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको र लेखा सफ्टवेर सम्वन्धी अनुभवी ।
 लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
 स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको ।
 नियमित तथा आवश्यक्ता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासँग समन्वय र सम्पर्क राख्न सक्ने
घ) पद : सामुदायिक सहजकर्ता
पद संख्या  :३ (तीन) जना
न्युनतम योग्यता :
 १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रृंखलामा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
 स्वावलम्वन समूह गठन तथा परिचालन सम्वन्धि अनुभव भएको ।
 तालिम सहजीकरण र व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको ।
 महिला तथा युवा सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्वन्धी दक्षता भएको ।
 कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने, भीरकोट नगरपालिकाको क्षेत्रमा स्थाई बसोवास भई तोकिएको वडा कार्यालय तथा नगरपालिकासँग समन्वय गरी कार्य गर्न सक्ने ।
 मोटरसाईकल/स्कूटर लाईसेन्स भएका र कम्प्युटर सम्बन्धी ज्ञान भएकालाई प्राथमिकता दिईनेछ ।
२. सेवा सुविधा : संस्थाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तिम मिति : २०८२।०४।२३ कार्यालय समय भित्र ।
४. परीक्षाको किसिम : लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
५. आवश्यक कागजातहरु :
आवेदन र व्यक्तिगत विवरण (बायोडाटा),
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्वन्धित विषयको कार्यानुभव सम्बन्धि पत्रको प्रतिलिपि,
पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी ।
उल्लेखित कागजात सहितको आवेदन तोकिएको समयभित्र इमेल मार्फत पनि पठाउन सकिनेछ ।

नोट  :

  • प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । कुनै काबु बाहिरको परिस्थितीमा विज्ञापनको रद्द गर्ने अधिकार संस्थामा निहित हुनेछ ।
  • आवेदन ईमेल मार्फत दिन सकिने छ, आवेदन गरे वापत कुनै दस्तुर लाग्ने छैन ।

पदपूर्ती समिति
परियोजनाको कार्यालय
भीरकोट नगरपालिका,नगरकार्यपालिकाको कार्यालय
तथा
दियालो संस्थाको कार्यालय वालिङ,स्याङ्जा
ईमेलः [email protected]
फोन नं.: ०६३४४१००५, ९८५६०१७००५

 

Facebook Comments Box
TOP