भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मानित
स्याङजा :
भीरकोट नगरपालिकाले नौ जना उत्कृष्ट किसानलाई नगद सहित सम्मान गरिएको छ ।
कृषि उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले बिभिन्न बिधामा सक्रिय किसान सहित कृषक समूहलाई सम्मान गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले जानकारी दिनुभयो । पुरस्कृत हुने किसान तथा समूहलाई जनही १०÷१० हजार नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ ।
नगरप्रमुख कर्माचार्यले किसानलाई सम्मान गर्दै भन्नुभयोे, “सबैभन्दा उत्कृष्ठ र सबैको आवश्यकता कृषि हो । आफनो कर्ममा क्रियाशिल रही निरन्तरता दिदै ब्यावसायिकतामा जोडिनुहोस्, आगामी दिनमा पनि पालिकाले आवश्यक सहयोग गर्नेछ ।” पशु तथा पंक्षी पालन गर्नुहोस्, तरकारी र फलफूल लगाउनुहोस्, अन्न फलाउनुहोस् बजारको समस्या हुन दिदैनौ । नगरपालिका सधैंधरी तपाईका साथमा रहनेछ प्रमुख कर्माचार्यले भन्नुभयो । नगरपालिकामा रही बाख्रापालक भेमराज रेग्मी, भैसीपालक शिव खत्री क्षेत्री, गाईपालक कमला गोदार, फलफूल खेती गर्ने श्यामप्रसाद अर्याल र शालिग्राम अर्याल, खाद्य तथा नगदे वालि उत्पादक ननिता अर्याल (राना), फलफूल नर्सरी गर्ने कृष्णबहादुर अधिकारी, तरकारी खेती गर्नै लोकबहादुर खत्रीे र नविनतम कार्य गर्ने डिलबहादुर गुरुङलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको आर्थिक विकास समितिका अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो । नगरपालिकाले सम्मानका लागि केही मापदण्ड सहित आवेदन आब्हानको सूचना प्रकाशित गरेको थियो । सूचनाका आधारमा परेका १८ जनाको आवेदन मध्ये ९ जना छनौटमा परेको प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले बताउनुभयो ।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


