मुस्लिम बालबालिकाको शिक्षा र सामाजिक सुधारमा समुदायको सक्रियता
भीरकोट : करुङ बयरघारी मदर्शा व्यवस्थापन समितिले २०८१ सालको एसइइ परीक्षामा ग्रेडेड भएका १३ जना मुस्लिम समुदायका विद्यार्थीहरुलाई सम्मान गरेको छ। विद्यार्थीहरूलाई हौसला प्रदान गर्न र उच्च शिक्षा प्राप्तिमा अग्रसर बनाउन सम्मान गरिएको व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद जुमाल अलिले जानकारी दिए। सम्मान कार्यक्रम मदर्शा व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद जुमाल अलिको अध्यक्षता र समाजसेवी हाजी एवं मुस्लिम समुदायका अगुवा जब्बर अलि मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा समाजसेवी हाजी नसीव दिन मियाँ, ईमाम, हाजी हजीनहरु, मदर्शा व्यवस्थापन कमिटीका संरक्षक, सल्लाहकार, मुस्लिम क्लवका युवाहरु, भीरकोट नगरपालिका वडा नं १ र २ वाट एसईई २०८१ मा ग्रेडेड भएका मुस्लिम समुदायका विद्यार्थीहरु तथा अभिभावकहरुको उपस्थिती रहेको थियो।
समाजसेवी एवं मुस्लिम समुदायका अगुवा मुस्लिम जब्बर अलि मियाँले समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षाको महत्त्वको बारेमा जानकारी गराउँदै उच्च शिक्षा हासिल गरी स्वदेशमै रोजगारी प्राप्त गर्न सकिने सम्भावनाको बारेमा बताएका थिए। नुरी अहले सुन्नत इस्लामिक जामा मस्जिदका इमाम मोहम्मद इसुव मियांँले कुरान पढेर कार्यक्रम सुरु गरेका थिए। कार्यक्रमको संचालन मदर्शा व्यवस्थापन कमिटीका सचिव कुदरत अलि मियाँले गरेका थिए। मदर्शा व्यवस्थापन समितिका कोषाध्यक्ष मोहम्मद जाफर अलिको स्वागतसँगै सुरू भएको कार्यक्रममा वडा प्रहरी कार्यालय, वालिङका प्रमुख डिएसपि कमल राज पण्डित, समाजसेवी मोहम्मद हनिफ मियाँ, हाजी इनुस मियाँ , अमिर खान लगायतले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


