उमेर ढल्कदैँ जाँदा धनुसुवा परियारमा पलाएको जोशः ‘राजनीति,समाजसेवासँगै उद्यमशीलता ।’
राधाकृष्ण डुम्रे :
स्याङ्जाको वालिङ नगरपालिका–१४ की धनसुवा परियार उमेरले ६२ बर्ष लाग्नु भयो । उमेर जति ढल्कदै गयो काम गर्ने उत्साह र जोश उहाँमा झनै बढेको छ ।
समाजसेवाबाट राजनीतिमा प्रवेश गर्नु भएकी परियार वडा सदस्यको रुपमा काम गरेको तीन बर्ष पुरा भएको छ । उहाँ भन्नुहुन्छ, “समाजसेवा गरेको त बर्षौ भईसक्यो तर नेतृत्व गर्ने गरी बेलैमा राजनीति गरेको भए म पहिले नै अर्कै भईसक्ने रहेछु,यो अवसर मैले ढिलो गरी पाएछु ।” संघीयता र नयाँ संविधानले यो अवसर दिएकोमा उहाँ दङ्ग हुनुहुन्छ ।
गाउँमा गरेको योगदानका कारण प्रतिस्पर्धी उमेद्वार भन्दा झण्डै दोब्बर मतले जित हात पार्नु भएकी धनसुवा प्रतिस्पर्धी राजनीति गर्नेलाई पनि सँगसँगै लिएर हिडिरहनु भएको छ ।
उमेर बढेपनि जिम्मेवारीबाट पछि नहटेको भन्दै उहाँले भन्नुभयो,“घरपरिवार,श्रीमान् सबैबाट साथ पाएकी छु त्यसैले त सानोतिनो काम गर्दै समाजसेवामा सफल भएकी हुँ ।” राजनीति,समाजसेवा र उद्यमशीलतालाई सँगसँगै लैजानु पर्ने उहाँको भनाई छ ।
उहाँका दुई छोरा र दुई छोरीको विवाह भईसकेको छ । सबै आआफ्ना काममा लागेका छन् तर पनि उहाँ आफैलाई समाजसेवा र राजनीति गर्दा लाग्ने खर्च आफै जोहो गर्दै आउनु भएको छ ।
वडा सदस्य भए पछि नयाँ स्वरुपको व्यवसाय ।
वडा सदस्य भए पछि प्राप्त हुने गरेका विभिन्न तालिमले धनसुवा परियारको घरमा पनि परिवर्तन ल्याएको छ । आफ्ना श्रीमान् बल बहादुर परियारसँग मिलेर बजारमा सिलाईबुनाई पसल चलाउनु भएको छ । दुबै जना मिलेर वालिङ नगरपालिका–९ भुम्रेमा पसल खोेलेको दुई बर्ष भएको छ । गाउँमा मात्रै बसेर गर्ने सामान्य सिलाईबुनाईबाट घरखर्च गर्न पनि समस्या थियो अहिले बचत समेत गर्न सुरु गरेकी छु उहाँको थप्नु भयो ।

वडा सदस्य निर्वाचित भएसँगै ‘दलित महिला केन्द्र नेपाल’ले सञ्चालन गरेको तालिमले उत्प्रेरणा दिएको सम्झनु हुँदै उहाँ भन्नुहुन्छ,“समाजसेवा मात्रै होईन उद्यमी पनि बन्नु पर्छ भन्ने सिके जसलाई मैले तत्कालै व्यवहारमा उतारे ।” स्थानिय सरकारमा जनप्रतिनिधिको रुपमा नेतृत्व गर्ने क्रममा “दलित महिला केन्द्र नेपाल” द्वारा आयोजित विभिन्न कार्यक्रमहरुले हौसला र उत्प्रेरणा दिने गरेको उहाँको भनाई छ ।
पछिल्लो समय अचानक प्रतिनिधि बन्न पुगेका महिलाहरु समेत दक्ष बन्दै गएका उहाँको बुझाई छ । “दलित महिला केन्द्र नेपाल” ले निरन्तर दिँदै आएको प्रशिक्षण र तालिमले सामान्य अवस्थामा जनप्रतिनिधि बनेका महिलाहरु आगामी निर्वाचनमा वडा अध्यक्षको रुपमा नेतृत्व गर्न सक्ने क्षमताका भएका छन् ।
गाउँलेको सोच परिवर्तनकी अगुवा
गाउँलेहरुको सोच र व्यवहारमा भएको परिवर्तन देखेर धनसुवा निक्कै खुसी हुनुहुन्छ । अस्तव्यस्त रुपमा रहेको वालिङ नगरपालिका वडा नं.१४ को दलित बस्ती अहिले नाम मात्रै परिवर्तन भएको छैन स्थानीयको सोचमा पनि देखिनेगरी परिवर्तन आएको छ ।
कुनै बेला सामान्य विषयमा पनि दिन नै खर्चनु परेको सम्झदै धनसुवा भन्नुहुन्छ,“सोचमा आएको परिवर्तन देख्दा निक्क हर्ष लाग्छ ।” अहिले गाउँको नाम मात्रै होईन गाउँलेको सोच पनि परिवर्तन भएको छ ।
झण्डै ५० परिवार दलित बस्दै आएको गाउँमा घर आगन मात्रै होईन वरपरको सरसफाई पनि निक्कै राम्रो छ ।
२०७९ सालको स्थानीय तहको चुनावमा दलित महिला वडा सदस्यमा निर्वाचित हुनु भएकी धनसुवाको नेतृत्वदायी भूमिकालाई गाउँका पुरुषहरुले पनि सहजै स्वीकार गर्छन । गाउँमा हुने सामान्य झैझगडा देखि अंशबन्डा सम्मका क्रियाकलापमा उहाँको उपस्थिति अनिवार्य जस्तै बन्ने गरेको छ ।
नेपालमा संघीयता सहितको संविधान लागुभएसँगै २०७४ को स्थानीयतहको चुनाव धनसुवा परियार सक्रियता पूर्बक लाग्नु भयो । वडा कै अगुवा दलित महिलाको रुपमा पहिचान बनाउनु भएकी धनसुवालाई नगरभित्रका दलित महिला वडा सदस्यले समेत विभिन्न कार्यक्रममा बोलाउने गर्दथे । जसको प्रभावले उहाँ गाउँको स्वरुप नै परिवर्तन गर्न सफल हुनु भयो । उहाँ भन्नुहुन्छ, “निर्वाचित जनप्रतिनिधिले लिन पाउने तालिमहरु मैले पनि लिन पाँए जहाँबाट मैले आफै नेतृत्व गर्नु पर्दछ अर्थात स्व–नेतृत्व हुनु पर्दछ भन्ने बुँझे” यसलाई व्यहारमा उतारेर गाउँका महिला दिदी बहिनीहरुसँग मिलेर काम गर्दै आएको उहाँको भनाई छ ।

तत्कालिन अवस्थामा सुरु भएको ‘गरिवसँग विश्वेशवर’ कार्यक्रम अन्तर्गत ‘शुभाष समुह’ गठन भएको सम्झदै उहाँ भन्नुहुन्छ,“महिलाको सोच परिवर्तन गरेर समूहमा आवद्ध गराउनु ठूलो चुनौती थियो ।, मैले पहिले पुरुषहरुसँग सल्लाह गरेर महिलाई सहभागी गराउने अवसर मिलाए ।”
पालिकाको पहिलो चुनाव पछि समूहमा समेत आमुल परिवर्तन आएको उहाँको बुझाई छ । विभिन्न तालिम र सिकाईले आफूलाई समाजसेवा गर्न प्रेरित गरेकोछ, जसले मलाई निक्कै खुसी बनाउँछ र पहिचान पनि बनाएको छ उहाँ सम्झनु हुन्छ ।
अन्यत्रबाट बसाई सरेर आउछन् गाउँमा
बैरै गाउँमा ३० घर रहेकोमा पछिल्लो समय बढेर ५० को हाराहारीमा पुगेको छ । अन्यत्र बसाइँसराइँ भईरहदा उक्त गाउँमा भने अन्यत्रबाट बसाई सरेर आउने क्रम बढेको छ । गाउँले सबैले महिलाको नेतृत्वलाई स्वीकार गरेकै कारण गाउँमा परिवर्तन आएको वडा नं.१४ का वडा अध्यक्ष बोधराज कुँवरको भनाई छ । उहाँ भन्नुहुन्छ,“धनसुवा परियार गाउँको सर्व स्वीकार्य व्यक्तित्व भएर काम गर्नु हुन्छ,त्यसैले नतिजा पनि देखिएको छ ।” राजनीतिमा आए पछि उहाँमा झनै परिवर्तन ल्याईदिएको भन्दै कुँवरले उहाँ उद्यमी समेत बनेको बताउनु भयो ।
देश संघीयतामा गईसकेपछि वडा तहबाट नै आरक्षणको व्यवस्था गरिएको छ, वडा सदस्यमा अनिवार्य रुपमा दलित त्यसमा पनि महिला हुनै पर्ने कानुन भएकै कारण दलित महिलाहरु नेतृत्वमा पुग्ने क्रम बढेको छ । संघीयता र नयाँ संविधानले दिएको यस्तो सुनौलो अवसरलाई सदुपयोग गर्दै देशमा सबैको समान सहभागिता र पहुँचमा बृद्धि गर्नु जरुरी छ ।
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


