पतिको हत्या आरोपमा पत्नी पक्राउ
स्याङ्जा :
वालिङ नगरपालिकाका ४९ बर्षिय खुमानन्द लामिछानेको मृत्यु प्रकरणमा उनका पत्नी रञ्जिता लामिछानेको संलग्नता देखिएकाे जनाउदै प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको जनाएको छ ।
वालिङ् ८ कटेज नमुनाटोलमा २ बर्षअघि खुमानन्द लामिछानेको मृत्यु भएको थियो। वि.स. २०८० वैशाख २२ गतेका दिन खुमानन्दको मृत्यु भएको हो ।
अनुसन्धानका क्रममा उनका पत्नीकोे पनि संलग्नता हुन सक्ने जनाउदै जिल्ला अदालत स्याङ्जाबाट पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जीका आधारमा साउन ८ गते बिहीवार वडा प्रहरी कार्यालय वालिङले उनलाई वालिङमोडबाट पक्राउ गरेको छ।
प्रहरी नियन्त्रणमा रहेकी रञ्जितालाई कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपगरि थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


