लुकाई राखेको बन्दुक सहित स्याङ्जाका फरार व्यक्ति तनहुबाट पक्राउ
स्याङ्जा :
लुकाई राखेको बन्दुक सहित स्याङ्जाका फरार व्यक्ति पक्राउ परेका छन । बिहीबार लुकाई राखेको बन्दुक सहित स्याङ्जाका फरार हुम बहादुर शाहीलाई तनहुँ जिल्लाबाट लुकिछिपी रहेको अवस्थामा पक्राऊ गरिएकाे हाे ।
पुतलीबजार नगरपालिका ७ ठूला डिहि घर भई हाल पोखरा महा नगरपालिका २६ बस्ने वर्ष ४४ का सुरेन्द्र रेग्मी लाई साउन ६ गते आफ्नै बारीमा सुन्तलाको विरुवा रोप्न भनी खाल्टो खन्ने क्रममा मा बन्दुकको आवाज आएको र बन्दुकको छर्रा लागि सुरेन्द्र रेग्मी घाइते भएको बुझिएको छ।
ठूला डिही बस्ने ठकुरी भेना वर्ष ६९ का हुम बहादुर शाहीको घटनामा संग्लनता रहेको भन्ने घाइतेको आफन्तको जाहेरीका आधारमा साउन ८ गते शाहीलाई लुकिछिपी रहेको अवस्थामा तनहुँ जिल्ला बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा का सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।
लुकाई राखेको एक थाने भरुवा बन्दुक समेत पुतलीबजार नगरपालिका ७ ठूला डीहि बाट बरामद गरी ज्यान मार्ने उद्योग मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट १० दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ । त्यसै गरी घाइते रेग्मीको उपचार पाटन अस्पताल ललितपुरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


