आधारभूत तथा माध्यमिक तह स्तरिय एकल लोक गायन प्रतियोगिता तथा स्रष्टा सम्मान

स्याङ्जामा एकल लोक गायन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम गरिएको छ । गायनसंगै पुतलीबजार नगरपालिकाभित्रका ३ जना साहित्यिक स्रष्टा र निवर्तमान प्राज्ञ सदस्यहरु सम्मान गरिएको छ ।

पुतलीबजार नगरपालिकाद्धारा गठित पुतलीबजार प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधारभुत र माध्यमिक विद्यालय स्तरिय प्रतियोगिता सम्पन्न भएको हो ।

शुक्रवार पुतलीबजारको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले लोक गित संगित हाम्रा पहिचान र चिनारी भएकाले यस्ता चिनारीको संरक्षण गर्ने उदेश्यले नगर स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गरिएको बताउनुभयो । प्रतिष्ठानको स्थापनापछि कला, संस्कृति, भाषा, भेषको पहिचान सहित संरक्षणका लागि बिबिध कार्यक्रम गरेको जनाउदै आउदा पनि पनि निरन्तरता दिईने बताउनुभयो । पालिकाले यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन र सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख देवी अर्यालले नगरभित्रका बिभिन्न भाषाभाषी, कला, धर्म, संस्कृतिको संरक्षण र पहिचानका गर्दे अघि बढ्ने बताउनुभयो ।

पूर्व प्राज्ञ सदस्य लोकराज शर्मा, सम्मानित ब्यक्ति चिन्तु गिरी, लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्दै कला, संस्कृतिको संरक्षणमा प्रज्ञा प्रतिष्ठानको भूमिका उल्लेख्य रहनेमा जोड दिनुभयोे ।

सो अवसरमा प्राज्ञ सदस्य राम बहादुर परियारले पात बजाउदै असारे गीत गाउनु भएको थियो । सोही कार्यक्रममा पुतलीबजार नगरपालिकाका साहित्यकारहरु चिन्तु गिरी, रामचन्द्र गौतम र रिता अधिकारी रितुलाई जनही १५/१५ हजार नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ ।

यसैगरी, गायनतर्फ आधारभूततर्फ शिशु निकेतन माविका सम्पदा खडका प्रथम, मातृभूमि माविका किसान नेपाली द्धितिय, शितला माविका शिखा बुढामगर तृतीय र भूपू सैनिक माविका आरुषजंग कार्की सान्तवना भएका हुनु भएको छ ।

यसैगरी, माध्यमिकतर्फ शितला माविका आकृति विक प्रथम, रजस्थल माविका विपिशा विक द्धितिय, त्रिभुवन आदर्शमाविका आकृति बुढामगर तृतीय र ज्योती आवासिय माविका सुबिशा मोक्तान सान्तवना भएका मूल्यांकन समितिका संयोजक लोकगायक चोलेन्द्र पौडेलले जानकारी दिनुभयो ।

मूल्यांकन समितिमा पौडेलसंगै लोकगायक शिव हमाल र घनश्याम रिजाल रहनु भएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेले क्रमश ः १० हजार, ८ हजार, ६ हजार र ४ हजार नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी, प्रज्ञाप्रतिष्ठानका निवर्तमान सदस्यहरु अग्नीप्रसाद पौडेल, लोकराज शर्मा, सूर्यप्रसाद दोरंगा, गुरुप्रसाद ढकाल, चिन्तु गिरी, सुनिता पौडेल, तारा पौडेल लगायतलाई सम्मान गरिएको थियो ।

पुतलीबजार प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर शिक्षा अधिकारी बाबुराम बराल र नायब सुब्बा शोभा बस्यालले गर्नुभएको थियो ।

प्रतियोगितामा आधारभूततर्फ १६ र माध्यमिकतर्फ १२ वटा बिद्यालयगरि २८ जना प्रतियोगि थिए । सोही कार्यक्रममा बिभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी तथा लोकगायकहरुले पनि आ आफना प्रस्तुती गर्नुभएको थियो ।

Facebook Comments Box
TOP