पुतलीबजारको बजेट १ अर्ब ३ करोड

प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जाको पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब ३ करोड ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएकोे छ । १७ औं नगर सभामा नगर उपप्रमुख देवी अर्यालले आगामी आवको लागि उक्त रकम बराबरको बजेट ल्याएकी हुन् ।

बजेटमा चालुतर्फ ६४ करोड ८ लाख र पँुजीगत तर्फ ३९ करोड ८८ लाखको बजेट प्रस्ताव गरिएको छ । शिक्षालाई पहिलो प्राथमिकतामा राखी ५ वर्षे शैक्षिक रणनीति सहित नगर शिक्षा योजना तयार गर्ने, कक्षा ५ सम्मका बालिका र दलित छात्रवृत्ति सहित निःशुल्क पाठयपुस्तक उपलब्ध गराउने, एक वडा एक खेल मैदान बनाउने महत्वकांक्षी बजेट प्रस्तुत गरिएको छ ।

कक्षा १२ परीक्षा दिएकालाई लोक सेवा तथा क्यारिएर काउन्सिलिङ तथा सूचना प्रविधिसम्बन्धी तालिम, योग, ध्यान, व्यायाम, आयुर्बेदिक उपचार, स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, कुमाल, बोटे, माझी, गन्धर्व, वादी र ‘ग’ वर्गका अपांगता भएका ब्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित नीति लिएको बजेटमा उल्लेख गरिएको छ ।

यसैगरी, बजेटमा उपप्रमुखसँग सुत्केरी आमा पोषिलो खाना, उपप्रमुखसँग महिला, ९० दिन ९० अण्डा, सार्वजनिक पर्यटकीय स्थल, ऐतिहासिक मठ, मन्दिर पाटीपौवा, प्रतीक्षालय, विभिन्न धार्मिक विद्यालय तथा स्थानहरु, खानेपानी तथा शौचालय निर्माणमा प्राथमिकता, एकीकृत खानेपानी आयोजना, कृषि उत्पादनमा जोड, ५० प्रतिशत अनुदान, बाँझो जग्गामा खोती गर्नेलाई प्रतिरोपनी २ सय नगद अनुदान सहित प्रोत्साहित गर्ने व्यवस्था गरिएको छ ।

साथै, सहकारी शिक्षा, निस्क्रिय सहकारीलाई लिक्डिेशन तथा मर्जरको व्यवस्था, बेरुजु सम्परीक्षण, कर्मचारी तथा जनप्रतिनिधिका क्षमता तथा दक्षता अभिवृद्धिसँगै सूचना तथा प्रविधिको पहँुचमा ल्याइने, टुक्रेयोजना निरुत्साहित, घरधुरी सर्वेक्षण, पुरातत्व झल्किने चुना, इँटा, साल, तामाका छानाको प्रयोगमा जोड, एक घर एक फलफूल बिरुवा, एक वडा एक पोखरी, एक वडा एक हरियाली पार्क निर्माणमा जोड दिइने झण्डै २ सय बँुदे कार्यक्रम ल्याइएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP