नगर स्तरीय बिज्ञ समिति र सरोकारवालाबीच छलफल

स्याङ्जा :
पुतलीबजार नगरस्तरीय बिज्ञ समिति र सरोकारवालाबीच छलफल भएको छ ।
पुतलीबजार नगरपालिकाको विकास र समृद्धीका लागि सुझाव संकलन गर्ने उदेश्यले समितिले राजनीतिक दलहरु, बित्तिय संघसंस्था, सहकारी, गैसस महासंघ, उद्यमी महिला, पत्रकार महासंघ उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, कफी तथा सुन्तला ब्यवसायी, सुन्तला सुपरजोन कार्यालय, यातायात ब्यवसायी, शिक्षक संघ संगठनका प्रमुख तथा प्रतिनिधिबीच छलफल तथा अन्र्तक्रिया गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति सुरजकुमार अधिकारी, नेकपा एमाले नगरउपाध्यक्ष मनोजकुमार श्रेष्ठ, नेकपा एकिकृत समाजवादी नगरसचिव श्रीप्रसाद गुरुङ, राप्रपाका प्रवक्ता गुप्तबहादुर मल्ल, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्याल, गैसस महासंघका अध्यक्ष गोबिन्दप्रसाद शर्मा, नेपाल शिक्षक संगठनका उपाध्यक्ष वीपी पोखरेल, नेपाल शिक्षक संघका नारायण पौडेल, प्याब्सन जिल्ला सचिव हरिप्रसाद अर्याल, मुक्तिनाथ कृषि कम्पनी तथा रोयल सहकारीका सचिव प्रकाश डोटेल, मुक्तिनाथ विकास बैंक गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकाल, स्याङ्जाका प्रमुख डम्बरबहादुर क्षेत्री, प्रधानमन्त्री आधुनिकीकरण सुन्तला सुपरजोन कार्यलय प्रमुख प्रतिभा बुढाथोकी, मानवअधिकार तथा शान्ती समाज एवं अधिवक्ता हरिप्रसाद रेग्मी, उद्यमी महिला एवं आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल, जिल्ला कफी ब्यवसायी संघका प्रमुख ब्यवस्थापक माया तिवारी लगायतले बिषयगत योजना तथा कार्यान्वयनका बारेमा जानकारी गराउदै समग्र पुतलीबजार नगरपालिकाको विकासका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाहरुले बढ्दो बसाई सराई रोक्ने अभियानका लागि स्वास्थ्य, शिक्षा र रोजगारका कार्यक्रम सहित कृषी उत्पादनमा जोड दिनुभएको थियो ।
पुतलीबजार नगर विज्ञ समितिका संयोजक भरतप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिज्ञ सदस्य द्धय धुवबन्धु पौडेल र भवानी अधिकारीले शुभकामना मन्तब्य सहित धन्यवाद र सदस्य सचिव मनोज मल्लले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…