सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण कार्यक्रम ।
भिरकाेट :
सकारात्मक सोच सम्बन्धि १ दिने अभिमुखीकरण भिरकाेट नगरपालिकाको सिटि हलमा सम्पन्न भएको छ । भीरकाेट नगरपालिकाको नगर उप प्रमुख भगवती रेग्मी अर्याल अध्यक्षतामा भएको थियो भने कार्यक्रम भीरकाेट नगरपालिकाका नगर प्रमुख प्रमुख गाेविन्द कुमार कर्माचार्य प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कर्माचार्यले सरल र सुखी जीवनका लागी सकारात्मक सोचको खाँचो रहेको बताउनुभयो । पछिल्लो केही समय यता विकृति विसंगति बढ्दो रहेकाले यसको न्यूनिकरणका लागी हरेक मानिसमा सकारात्मक सोच हुन जरुरी रहेको उहाँकाे भनाइ छ । त्यसैगरी नगर उप प्रमुख ले सकारात्मक सोच कुनै पनि परिस्थितिलाई सकारात्मक दृष्टिकोणले हेर्नु हो। यो सोचाइले जीवनलाई सरल, शान्त र सुखमय बनाउन मद्दत गर्छ ,तनाव कम हुन्छ,स्वास्थ्य राम्रो हुन्छ, सकारात्मक सोचले आपसी समझदारी र प्रेम बढाउँछ भन्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उदय बाहादुर पराजुली र ८ न. का वाडा अध्यक्ष नन्दुलाल खनाले सकारात्मक सोच सम्बन्धि शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमकाे प्रशिक्षक राजु घलेले गर्नु भएको थियाे भने , कार्यक्रम संचालन याेजना अधिकृत याम प्रसाद रेग्मीले गर्नु भएको थियो । कार्यक्रमा जनप्रतिनिधिहरु, विद्यालयका शिक्षकहरु, टोल विकास समितिका प्रतिनिधिहरु, आमा समूह तथा संघ संस्थाका प्रतिनिधिहरु सहित ४०० जनाकाे उपस्थिति थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


