गल्याङमा ५० वटा विउ बंगुर वितरण
गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ ।
आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा वडामा रहेका स्वाबलम्बन महिला समूहका लागि ५० वटा बिउ बंगुर बच्चा वितरण गरिएको हो ।
गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको स्थानीय कानुङ स्वाबलम्बन्म महिला समूहका लागि ३० वटा र गल्याङ नगरपालिका ११ बज्रे स्वाबलम्बन महिला समूहका लागि २० वटा विउ बंगुरका बच्चा वितरण गरिएको छ ।
“भोकालाइ एक छाक भोजन होइन, जीउने जुक्ति सिकाऔ’ भन्ने अभियान साथ संचालन भैरहेको गल्याङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत छुट्टाछुट्टै कार्यक्रम गरि बंगुरका बच्चा वितरण गरिएको हो ।
कार्यक्रमहरुमा सहभागी हुनुभएकी गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले स्थानीय महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन गल्याङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक र प्राबिधिक सहयोगमा कार्यक्रम भैरहेको बताउनुभयो ।
उहाँले कार्यक्रमबाट बंगुरको मासुमा आत्मनिर्भर बन्नका लागि कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
कल्लेरीमा भएको कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा भुषाल र नगरप्रमुखका स्वकीय सचिब ज्ञानेन्द्र पाठकले पनि बोल्नुभएको थियो ।
यस्तै वडा नम्बर ११ बज्रेमा भएको कार्यक्रममा वडा सदस्य प्रकाश भट्टराईले पनि बोल्नुभएको थियो ।
नयाँ गोरेटो संस्थाको सहजीकरणमा भएको कार्यक्रममा सहभागी कृषक महिलाहरुले खुशी व्यक्त गर्दै कार्यक्रमबाट आफुहरुले सकेसम्म धेरै लाभ लिन प्रयास गर्ने बताएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


