चापाकोटमा निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा

काठमाडौं :
स्याङ्जाको चापाकोट नगरपालिकामा संचालित निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षाको समापन भएको छ।
ईश्वरले निःशुल्क शिक्षक सेवा तयारी कक्षाको सहयोगले बिद्यार्थीको क्षमता बिकास हुने र बाहिर गएर पढ्नु पर्ने बाध्यता हटेको बताए । चापाकोट नगरपालिका नगर उपप्रमुख इशा रानाले निशुल्क शिक्षक सेवा तयारी कक्षामा पुरुष भन्दा महिलाको सहभागिता अधिक रहेकोले आफुलाइ धेरै नै खुशी लागेको बताईन् ।
तालिममा प्रशिक्षकको रूपमा सहजिकरण जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय स्याङ्जामा कार्यरत सुरेश सुवेदी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुर्य प्रसाद शर्मा, शिक्षा शाखा चापाकोटको प्रमुख इन्दु भेटवाल , विनु प्रसाद पराजुली , ढाकाराम भट्टराई लगायतले गरेका थिए ।
जेठ १७ गते देखि संचालित तालिममा ३१ जनाको सहभागिता रहेको थियो भने ३२ वटा कक्षाहरू संचालन भएका थिए ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…