भीरकोटका महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजान ।
स्याङ्जा :
स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । पालिकाका साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रुपमा सवल र सक्षम बनाउन कार्यक्रम सुरु गरिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो ।
भीरकोटका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी कम गर्ने पालिकाको योजना रहेको उहाँको भनाई छ ।
नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थासँगको सहकार्यमा कार्यक्रम सुरु गरेको नगरप्रमुख कर्माचार्यले जानकारी दिनुभयो ।
नगरपालिकामा भएको परियोजना समन्वय तथा अनुगमन समितिका पदाधिकारीहरुको अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख कर्माचार्यले कृषि र पशुको क्षेत्रमा पालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भयो । उत्पादन र बजारीकरणको कामलाई सँगसँगै लैजाने योजना रहेको उहाँको भनाई छ ।

कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्ने प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुलीले जानकारी दिनुभयो । विदेशबाट फर्किएका र स्वदेशमा नै केही गर्न चाहाने युवायुवतीलाई उत्पादनमा जोड्न युवा समूह मार्फत पनि काम गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत बिष्णु प्रसाद पाण्डेले परियोजनाको लक्ष्य,योजना र गरिने क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा उहाँले साना किसान र महिलाहरुको लागि परियोजनाले काम गर्ने जानकारी दिनुभयो ।
यस्तै दियालो संस्थाका कार्यबाहक अध्यक्ष विष्णु सुवेदीले कृषि र पशु विकासका लागि सबैको सहकार्य महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल,नगरप्रवक्ता तथा वडा अध्यक्ष दिपेन्द्र केसी, वडा अध्यक्षहरु श्यामकाजी अधिकारी,नन्दलाल खनाल,वित्तिय अधिकृत अम्बिका पौडेल,दियालो संस्थाका कोषाध्यक्ष चण्डिका साप्कोटा, हेफर प्राजेक्टका एक्सेस टु फाईनाईन्स नागेन्द्र भट्ट लगायतले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ । परियोजनाका २० महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिनुभयो । कार्यक्रम पालिकाको नौं वटै वडामा सञ्चालन हुने पालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


