व्युटिसियनहरुद्धारा क्यान्सर पिडित विपनाको उपचारमा सहयोग
स्याङ्जा :
स्याङ्जाका व्युटिसियनहरुले क्यान्सर पिडित विपनाको उपचारका लागी आर्थिक सहयोग गरेका छन् । व्युर्टिपार्लर एशोसियसन स्याङ्जाको समन्वयमा वालिङका २६ जना व्युटिसियन, चापाकोटका १ र स्याङ्जाका २ जना गरी २९ जना व्युटिसियनहरुले आफ्नो आम्दानीको केहि रकम संकलन गरी २२ हजार १६० तथा वालिङका दुई समाजसेविहरुले ५/५ हजार समेत गरी ३२ हजार १६० रुपैँया विपनाको बहिनी सपना तथा ठुलोबुवा अर्जुनप्रसाद रेग्मीलाई उक्त रकम हस्तान्तरण गरिएको व्युर्टिपार्लर एशोसियन स्याङ्जाका निर्वतमान अध्यक्ष पुष्पा अर्यालले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा व्युर्टिपार्लर एशोसियन स्याङ्जाका संस्थापक दुर्गा थापा, निर्वतमान अध्यक्ष अर्याल, अध्यक्ष पमिला गुरुङ, मन्जु भण्डारी, गंगा बसयाल, सजना श्रेष्ठ, विमला थापालगायतको सहभागिता थियो । सबैको थोरै थोरै सहयोगले विपनाको उपचारमा सहयोग पुग्ने बताउँदै व्युटिसियन दिदिबहिनीहरुले एकमुष्ट रुपमा केहि सहयोग गरेको निर्वतमान अध्यक्ष अर्यालले बताउनुभयो ।
वालिङ ५ चिसापानीका विष्णुप्रसाद रेग्मीका छोरी १७ वर्षीय विपना रेग्मीलाई पाठेघरको क्यान्सर भएपछि हाल काठमाडौमा उपचाररत हुनुहुन्छ । अध्ययनको शिलशिलामा कोरिया जानुभएकी विपना क्यान्सर भएपछि डेढ महिनामै फर्किनुभएको थियो । उहाँको उपचारका लागी हाल सामाजिक संजाल तथा समुदायस्तरमा सहयोग सकंलन अभियान सञ्चालन गरिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


