चापाकोट नगरपालिकाको १७ औं नगरसभा सम्पन्न
वालिङ :
स्याङ्जाको चापाकोट नगरपालिकाको आज १७ औं नगरसभा सम्पन्न भएको छ । १७ औं नगरसभाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । नगरसभामा नगर प्रमुख देबबहादुर खाँण ईश्वरले आगामी आर्थिक वर्षकालागि नीति, कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
नगर प्रमुख खाँणले सडक, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिञ्चाईलगायत स्वास्थ्य बीमा कार्यक्रम, सर्पदंश उपचार केन्द्रको प्रभावकारी सञ्चालन, लघुउद्यम कार्यक्रम अन्तर्गत महिलाहरुलाई सीपयुक्त तालिम प्रदान गरी आयआर्जनसित जोड्ने, भौतिक पूर्वाधारतर्फ पालिका र वडा कार्यालयहरुलाई जोड्ने सडकहरुको स्तरोन्नति गर्ने, चापाकोट ८ मा निर्माणाधिन अवस्थामा रहेको चिस्यान केन्द्र निर्माण गर्ने, कृषि क्याम्पसलाई बजेट विनियोजन गरी निर्माण कार्य थालनी गर्ने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

१७ औं नगरसभा उपप्रमुख ईशा रानाले कूल रु. ७५ करोड एक लाख ७२ हजार ८२० बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत बजेटको चालुतर्फ ५९ करोड १ लाख ७२ हजार ८२० र पूँजीगततर्फ रु. १६ करोड रहेको छ ।
१७ औं नगरसभा नगर प्रमुख देबबहादुर खाँणको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन प्रशासन प्रमुख उदय देवकोटाले र स्वागत प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


