१३ औँ राष्ट्रपतिकपको उपाधि गल्याङ नगरपालिकालाई

गल्याङ :
स्याङ्जा जिल्ला खेलकुद विकास समितिद्वारा स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजित १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ । १५ स्वर्ण, ६ रजत र ७ काश्य गरी २८ पदकसहित गल्याङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो ।
प्रतियोगितामा गल्याङ नगरपालिकाले विभिन्न तौल समुहको कराते तर्फको १२ प्रतियोगितामा १२ स्वर्ण पदक प्राप्त गरेको हो साथै गल्याङ नगरपालिकाले छात्र ८०० मिटर दौड,छात्रा १०० मिटर दौड र छात्रा हाइजम्पमा स्वर्ण पदक जितेको छ ।
प्रतियोगितामा गल्याङ नगरपालिका बाट सहभागिता जनाउनु हुने सम्पूर्ण खेलाडी र प्रशिक्षक लाई नगरपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड को उपाधी जित्ने गल्याङ नगरपालिकाका खेलाडीहरु लाई गल्याङ नगरपालिकाले रु १ लाख सहित सम्मान गरेको हो ।
त्यस्तै प्रतियोगितामा १२ स्वर्ण, १८ रजत र ११ काश्य पदकसहित चापाकोट नगरपालिका उपविजेता बनेको छ । यस्तै तृतीय भएको पुतलीबजारले ११ स्वर्ण, १४ रजत र तीन कास्य पदक हात पारेको हो ।
प्रतियोगितामा स्याङ्जा जिल्ला का विभिन्न पालिकाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतिगितामा तीन हजार मिटर दौड, पन्ध्रसय,आठ सय, चार सय, दुईसय मिटर दौड, छात्रछात्रा भलिबल प्रतियोगिता, हाइजम्प, लङजम्प, सय मिटर रिले, ज्याभलिङ थ्रो,छात्र छात्रा कबडी, सटफुटलगायतका खेल सम्पन्न भएको थियो ।
जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागी बन्न पाउने छन् ।

Facebook Comments Box
TOP