१३ औँ राष्ट्रपतिकपको उपाधि गल्याङ नगरपालिकालाई
गल्याङ :
स्याङ्जा जिल्ला खेलकुद विकास समितिद्वारा स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजित १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ । १५ स्वर्ण, ६ रजत र ७ काश्य गरी २८ पदकसहित गल्याङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो ।
प्रतियोगितामा गल्याङ नगरपालिकाले विभिन्न तौल समुहको कराते तर्फको १२ प्रतियोगितामा १२ स्वर्ण पदक प्राप्त गरेको हो साथै गल्याङ नगरपालिकाले छात्र ८०० मिटर दौड,छात्रा १०० मिटर दौड र छात्रा हाइजम्पमा स्वर्ण पदक जितेको छ ।
प्रतियोगितामा गल्याङ नगरपालिका बाट सहभागिता जनाउनु हुने सम्पूर्ण खेलाडी र प्रशिक्षक लाई नगरपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड को उपाधी जित्ने गल्याङ नगरपालिकाका खेलाडीहरु लाई गल्याङ नगरपालिकाले रु १ लाख सहित सम्मान गरेको हो ।
त्यस्तै प्रतियोगितामा १२ स्वर्ण, १८ रजत र ११ काश्य पदकसहित चापाकोट नगरपालिका उपविजेता बनेको छ । यस्तै तृतीय भएको पुतलीबजारले ११ स्वर्ण, १४ रजत र तीन कास्य पदक हात पारेको हो ।
प्रतियोगितामा स्याङ्जा जिल्ला का विभिन्न पालिकाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतिगितामा तीन हजार मिटर दौड, पन्ध्रसय,आठ सय, चार सय, दुईसय मिटर दौड, छात्रछात्रा भलिबल प्रतियोगिता, हाइजम्प, लङजम्प, सय मिटर रिले, ज्याभलिङ थ्रो,छात्र छात्रा कबडी, सटफुटलगायतका खेल सम्पन्न भएको थियो ।
जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागी बन्न पाउने छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


