पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
स्याङ्जा :
बाख्रापालक किसानका लागि पुतलीबजार नगरपालिकाले बाख्रापालन सम्बन्धी तालिम सहित प्रबिधि हस्तान्तरण गरेको छ ।
नगरपालिकाले गरिबी निबारणका लागी लघु उद्धम बिकास कार्यक्रम (मेडपा) कार्यक्रम अन्र्तगत नगरपालिकाभित्रका १४ वटै वडाका बाख्रापालन कृषकहरुको सहभागितामा तालिम दिएको हो ।
तालिमको समापनसंगै प्रबिधि हस्तान्तरण गर्दै पुतलीबजार बाख्रापालनका लागि उपयुक्त हावापानी र प्रशस्त घाँस भएको क्षेत्र भएकाले ध्यानपूर्वक वाख्रा पालन गर्न आग्रह गर्नुभयो । बाख्रापालन गरेर राम्रो आम्दानी गर्न सकिने जनाउद ब्यवसायिकरुपमा बाख्रा पालेर राम्रो आम्दानी गर्नु पर्ने बताउनुभयो ।
तालिमलाई व्यबहारमा लागु गर्दे उद्धमशिल बन्न सुझाव दिदै बाख्रापालनसंगै खेतीबाली सहित तरकारी र फलफूलमा समेत जोडिन सकिने उहाको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, नगर पशु चिकित्सक डा. अनिल चौधरी, वडा बिकास कार्यक्रम सदस्य मिना पौडेल लगायतले किसानका लागि बाख्रापालन उपयुक्त ब्यवसाय भएकोमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण रोजगार संयोजक लक्ष्मी शर्माले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


