स्याङ्जामा कृषकले बिउधान बिक्रीबाट मनग्य आम्दानी

‍स्याङ्जा  :

पछिल्लो समय परम्परागत बिउहरू छोडेर थोरैमा धेरै धान उत्पादन हुने नयाँ जातको बिउ लगाउने चलन बढेको देखिन्छ । आयातित धानको बिउलाई कम गर्ने उद्देश्यले विभिन्न उन्नत जातका विउधानको संरक्षण गरी बिक्रीबाट मनग्य आम्दानी भएपछि स्याङ्जाको चापाकोट रत्नपुरका किसानहरूमा भने खुसी छाएको छ ।

गाउँघरमा लगाउने जेठो बुढो, अनदी, जर्नेली, सावित्री, आमझोते, बर्मेली धानहरूको अत्यधिक प्रयोग गरिन्थ्यो । उक्त धान खानमा मिठो मात्रै होइन स्वादिलो समेत भएकाले पाहुना आउँदा र चाडबाड विशेषमा धेरै प्रयोग गर्ने प्रचलन थियो । तर पछिल्लो समय यस्ता धानहरू आधुनिक धेरै फल्ने हाईब्रिट धान लगाउने चलन बढेपछि पुराना बिउ हराउँदै जान थालेको हो ।

त्यसको संरक्षणका लागि स्याङ्जाको चापाकोट ८ रत्नपुरमा मा सञ्चालित साना किसान कृषि सहकारीले भने पुरानै धानको बिउलाई आधुनिक तरीकाले लगाउँदा घरमा खान पुगेर बचत धान बिक्री गर्दै आएको बताउनु हुन्छ कृषक अम्बिका ढुङ्गानाले बताउनुभयो ।
रत्नपुर साना किसान कृषि सहकारीले कृषि ज्ञान केन्द्र स्याङ्जा तथा कृषि स्रोत केन्द्रसंग समन्वय गरेर ७५ प्रतिशत अनुदानमा किसानलाई बिउधान प्रदान गर्ने गरेको छ । सुरुमा परीक्षणको रूपमा गरिएको खेती राम्रो हुँदै गएपछि सहकारीले अभियानकै रूपमा कृषकलाई प्रोत्साहन गरेको हो । यस वर्ष मात्रै किसानले उत्पादित गरेको २२ हजार ३ सय के.जी धान सहकारी मार्फत बिक्री गरिएको छ ।

सहकारीले देव चुली नगरपालिका, कावासोती नगरपालिका, ब्यास नगरपालिका, भिमाद नगरपालिका,सुक्ला गण्डकी र चापाकोट नगरपालिकामा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष डोलराज न्यौपानेले बताउनुभयो ।

सहकारीले धानको प्रकृति अनुसार ६२ देखि ६७ रुपैयाँमा बिक्री गर्दा १८ रुपैयाँ अनुदान सहकारीले दिएको थियो भने कृषकहरूले सोचेभन्दा राम्रो उत्पादन हुँदा १२ लाख ३९ हजार ३ सयको विधान बिक्री गरेको सहकारीले जनाएको छ । तर सामूहिक भण्डारण गर्ने ठाउँ नहुँदा घरमै राख्नुपर्ने बाध्यता छ । वार्षिक २२ हजार केजी भन्दा बढी बिउ उत्पादन गर्दै आएका कृषकले धानको बिउ बिक्री वितरण गरेर आत्म निर्भर बन्न सके जस्तै अन्य कृषकले पनि बिउ संरक्षणमा मात्रै लाग्न सके जिल्लामा वार्षिक करोडौँको धान आयातमा पक्कै कमी आउने देखिन्छ ।

Facebook Comments Box
TOP