वालिङका बालिका तथा किसोरीलाई आत्मरक्षा तालिम ।
वालिङ :
स्याङ्जाको वालिङमा आत्मरक्षा तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र अकला आवाज राष्ट्रिय साप्ताहिकको सहकार्यमा दुई दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले बालबालिका केन्द्रित कार्यक्रमले उनीहरुलाई आफ्नो भविष्य बारे सचेत गराउने धारणा राख्नु भयो । तालिमको प्रशंसा गर्दै तिवारीले यस्ता कार्यक्रमलाई जिल्लाभर सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।
सामाजिक विकास कार्यलयको कार्यक्रमलाई स्थानीय तहहरुले समेत अनुसरण गर्नुपर्ने भन्दै सांसद तिवारीले तालिमले महिलाहरुको शारीरिक र मानसिक आत्मबल बढाउने स्पष्ट पार्नु भयो ।
कार्यक्रम वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले नगरपालिका भित्रका शैक्षिक संस्थाहरुको उपस्थितिमा गरिएको कार्यक्रम समयसापेक्ष रहेको बताउनु भयो । उहाँले आगामी बर्षमा वालिङ नगरपालिकाले समेत यस्ता कार्यक्रममा गर्न सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा अकला आवाज साप्ताहिकका प्रधानसम्पादक प्रकाश डुम्रेले मिडिया मार्फत जिल्लाको समृद्धि र सामाजिक सशक्तीकरणमा लाग्ने बताउदै सबै संगको सहकार्य र समन्वयमा जनपक्षीय कार्यहरू गर्ने बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका शिक्षा अधिकृत दुर्गा गैह्रे,सामाजिक शाखा प्रमुख उमादेवी डुम्रे,रेडियो आधिखोलाका अध्यक्ष शान्ता थापा,सामाजिक अगुवा महिला जैसरा रेग्मी, रेग्मी कार्यक्रममा वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक कुमार शर्मा, बरिस्ठ प्रशिक्षक तस्विन पुन,क्याप्टेन तारा प्रसाद श्रेष्ठ,वालिङ जेम्नेस्टिङका सचिव निरु भट्टराई लगायतको उपस्थिति रहेको थियोे ।

सामाजिक विकास कार्यलय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले छात्रा तथा महिलाहरूलाई आत्मरक्षा सम्बन्धी आवश्यक सीप र ज्ञान प्रदान गर्नु रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा वालिङ नगरका विभिन्न विद्यालयका छात्राहरू, युवा, स्थानीय महिला समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । तालिममा प्रशिक्षित प्रशिक्षकहरूद्वारा व्यवहारिक अभ्यासमार्फत आत्मरक्षा सम्बन्धी विभिन्न प्रविधिहरू सिकाइने जनाइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले महिला सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, तथा सुरक्षित समाज निर्माण गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । कार्यक्रममा सहभागीहरूले यस्ता तालिमहरू नियमितरूपमा आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका छन् । प्रशिक्षण कार्यक्रम शनिबारसम्म जारी रहनेछ । कार्यक्रमको सञ्चालन अकला आवाज राष्ट्रिय साप्ताहिकका सम्वाददाता एवम् कार्यक्रम संयोजक आयुष्मा काफ्लेले गर्नुभएको थियोे । सामाजिक विकास कार्यलयले स्याङ्जामा पछिल्लो समय दर्जनौं रचनात्मक एवम् सिर्जनात्मक कार्यक्रम गर्दै सामाजिक एवम् शैक्षिक जागरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालयले जिल्लाका ११ वटै पालिकामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…