स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा खुले
वालिङ :
गरिमा विकास बैंक लिमिटेडले आज स्याङ्जाका छुट्टाछुट्टै दुई स्थानमा शाखा विस्तार गरी सेवा सुरु गरेको छ ।
बैंकले बिरुवा गाउँपालिका १ को केन्द्र भाग बिरुवा बजार र अर्जुनचौपारी गाउँपालिका १ को केन्द्र भाग अर्जुनचौपारी बजारमा शाखा स्थापना गरेको हो । गरिमा विकास बैंकले बिरुवा गाउँपालिकामा १२५ औं शाखा र अर्जुनचौपारीमा १२६ औं शाखा कार्यालय स्थापना गरी कारोवार थालनी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बताउनुभयो ।
बिरुवा गाउँपालिकामा स्थापना भएको शाखाको नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाँण, बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर, बैंकका सञ्चालक दीपेन्द्र श्रेष्ठ, बैंकका कार्यकारी प्रमुख माधवप्रसाद उपाध्याय, वडा नं १ का वडा अध्यक्ष राजेन्द्रकुमार केसी, बैंकका कम्पनी सचिव अनिल रेग्मीलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको बिरुवा शाखाका प्रमुख प्रकाश कडेलले बताउनुभयो ।
त्यस्तै अर्जुनचौपारी शाखाको पनि नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा गरिमा विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाँण, अर्जुनचौपारी गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ, बैंकका सञ्चालक शोभाकान्त ढकाल, बैंकका कार्यकारी प्रमुख माधवप्रसाद उपाध्याय, वडा नं १ का वडा अध्यक्ष रणबहादुर थापा, बैंकका कम्पनी सचिव अनिल रेग्मीलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियाे ।
स्याङ्जाका छुट्टाछुट्टै दुई स्थानमा शाखा विस्तार गरेसँगै अब जिल्लामा गरिमाका एघार वटा शाखा भएका छन् । स्याङ्जाको वालिङ, गल्याङ, भीरकोट, चापाकोट, पुतलीबजार, कालीगण्डकी, बिरुवा, अर्जुनचौपारीमा शाखा स्थापना गरी बैंकिङ सेवा दिएको बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । जिल्लाका एघार स्थानीय तहमध्ये हरिनास, आँधीखोला र फेदीखोला गाउँपालिकामा बैंकको शाखा नपुगेकाले अब ती ठाउँहरुमा पनि शाखा विस्तार गर्ने तयारीमा बैंक रहेको अध्यक्ष खाँणले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


