सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ ।
निलम्वित सांसदसमेत रहेका पूर्वगृह मन्त्री रास्वपा सभापति लामिछानेलाई अदालतले शुक्रबार थुनामा पठाउने आदेश दिएको हो ।
उच्च अदालत तुलसीपुरका बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।
जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगीमा मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको हो ।
रवि लामिछानेसँगै पूर्वडिआईजी छविलाल जोशीलाई पनि थुनामा पठाउने आदेश दिएको हो । उच्च अदालत तुलसीपुरको सोही इजलासले शुक्रबार जोशीलाई पनि थुनामा पठाउने आदेश दिएको छ । यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई भने थुनामा नै पठाउन आदेश दिएकोमा अदालतले सोही आदेशलाई निरन्तरता दिएको हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


