आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
पोखरा :
गण्डकी कोटिहोममा दैनिक रूपमा कथा वाचन गर्दै आएकी अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले आमा औसीको विशेष अवसरमा पोखरा-१७, महतगौडामा अवस्थित बुद्धाश्रमको अवलोकन गर्नुभएको छ। उक्त अवसरमा उहाँले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाद्यान्नलगायत आवश्यक सामग्री वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य र कल्याणबारे जानकारी लिनुभएको थियो।
देवी प्रतिभा लामो समयदेखि कथा वाचनमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आउनुभएको छ। बुद्धाश्रम अवलोकनका क्रममा उहाँले ज्येष्ठ नागरिकहरूको सम्मान र हेरचाहको महत्त्वमाथि जोड दिँदै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आश्रमका सञ्चालकले उहाँको सहयोग र सक्रियताको उच्च प्रशंसा गर्दै यस्ता गतिविधिले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई मानसिक र भावनात्मक हौसला प्रदान गर्ने बताए। स्थानीय समुदायले यो कार्यको खुलेर स्वागत गरेको छ।
यसैबीच, गण्डकी कोटिहोम ४१ दिनसम्म निरन्तर सञ्चालन हुने महायज्ञले पनि व्यापक ध्यान आकर्षित गरेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको उक्त महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर सहभागी हुन आह्वान गरिएको छ। सुश्री अनुराधा पाण्डेय र देवी प्रतिभाले कथा प्रवचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथावाचन गर्नेछन्।
महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।
गण्डकी कोटिहोममा दैनिक कथा वाचन र सामाजिक कार्यमार्फत सामाजिक जागरण र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउँदै आएकी देवी प्रतिभाको पछिल्लो सामाजिक र धार्मिक सक्रियताले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


