धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
पोखरा :
पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार प्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले यहि बैशाख ११ गते विहान ७ बजे साइकल र्याली गर्ने भएको छ ।
बिरौटा कोटीहोम स्थलबाट शुरु भएको साईकल र्याली ड्यामसाईड—लेकसाइड हुँदै हल्लनचोक—जिरोकिलोमिटर—मालेपाटन—बाग्लुङ्ग बस पार्क हुँदै बिन्दवासिनी मन्दिर—भैरवटोल—नालामुख—तेश्रापट्टी हुँदै महेन्दपुल—चिप्लेढुङ्गा हुदै न्यूरोड—सभागृहचोक हुँदै पृथ्वीचोक—नागढुङ्गा—पुरानो एयरपोर्ट तथा पार्दी हुँदै पुन कोटीहोम स्थल विरौटामा गइ समापन हुने मानवसेवा फाउण्डेशनले जनाएको छ ।
स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन साइकल र्याली फलदायी हुने महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ति महाराजले बताउनु भएको छ ।
उहाँले सम्पूर्ण पोखरेली बासीहरुलाई उक्त साइकल र्यालीमा सहाभागीताको लागी हार्दिक निमन्त्रणा गर्दै अनुरोध समेत गर्नुभएको छ ।
मानसेवा फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशलयात्रा समेत गर्ने भएको छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


