सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस : ‘सामाजिक नारी आवाज’ पुस्तिका विमोचन
स्याङ्जा :
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा ‘सामाजिक नारी आवाज’ पुस्तिका विमोचन गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले यहाँका जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका महिलाहरूले महिला अधिकार, लैङ्गिक हिँसा अन्त्य लगायतका विषयवस्तु समेटेर उहाँहरूको विचार प्रकाशन गरिएको छ ।
पुस्तिकामा स्याङ्जा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरूले लेखेको “लैङ्गिक हिंसाको अन्त्य” शीर्षक समेटिएका कविताहरू समेत समावेश गरिएको छ ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले यस पुस्तिकामा स्याङ्जा जिल्लामा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका महिलाहरूको सशक्त विचार र बालिकाहरूको कविता समेटिएको हुँदा महिला अधिकार स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले महिलाहरूको अधिकार, सशक्तीकरण, लैङ्गिक हिंसाविरुद्धको सचेतना, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले सामाजिक नारी आवाज पत्रिका एक सामाजिक, सांस्कृतिक र जागरुकता सम्बन्धी प्रकाशन भएको र यसले महिला अधिकार, समानता र सशक्तीकरण प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । लैङ्गिक हिंसाको अन्त्य कसरी बन्ने विषय केन्द्रित रहेर महिला नेतृत्वको विचार र विद्यालयका छात्राहरूले कविता यसमा समावेश गरेको हुँदा लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक नारी आवाज एउटा महत्त्वपूर्ण पुस्तिका हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता श्रीकला पौडेल, जनप्रतिनिधि, महिला अधिकारकर्मी, प्रहरी तथा विभिन्न क्षेत्रका महिलाहरूको उपस्थिति थियो । हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवसमा यस वर्ष “सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तीकरण” नारा तय गरिएको छ ।

समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


