वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।

वालिङ :
वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ ।
वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट निर्वाचित टोलीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, नेपाली कांगे्रस नगर सभापति नेत्रप्रसाद पाण्डे,वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता पदमराज गुरुङ, वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्साल, वडा नं. ११ का वडा अध्यक्ष डण्डपानी पंगेनी लगायतले बोल्नु भएको थियो ।
नेविसंघको तर्फबाट निरज श्रेष्ठ सभापतिमा निर्वाचित हुनु भएको थियो । यस्तै कोषाध्यक्षमा विवेक कुँवर तथा सदस्यहरुमा पुजा कोईराला,नम्रता पौडेल,पवित्रा विक,प्रवेश पौड्याल,दिपमा कुमारी आले र याम प्रसाद पंगेनी निर्वाचित हुनु भएको छ । सचिव बाहेक सबै पदमा नेविसंघले बाजी मारेको हो ।

Facebook Comments Box
TOP