हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
स्याङ्जा :
समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग हस्तान्तरण गर्नुभएको छ । पुतलीबजार नगरपालिका–१ चन्द्रनगर घुम्ती निवासी मल्लले आफ्नो निवासमा आयोजित कार्यक्रममा अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र–नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुलीलाई दुई थान ह्वीलचेयर र एक जोर वैशाखी हस्तान्तरण गर्नुभएको हो ।
उहाँले अपांगता भएका व्यक्तिहरूको कठिन जीवन देखेर सहयोग गर्ने प्रेरणा मिलेको बताउँदै स्वर्गीय धर्मपत्नीको पुण्य स्मृतिमा सहयोग गरेको उल्लेख गर्नुभयो । त्यस्तै आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रम जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व जिल्ला सभापति चन्द्रमणी पौडेल, वरिष्ठ समाजसेवी खेमनारायण शर्मा, कुल बहादुर पौडेल, संस्था सदस्य भविलाल विक, स्वयंसेवक सबिना पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष पराजुलीले सहयोग प्राप्त सामग्री आवश्यक अपांगता भएका व्यक्तिहरूलाई वितरण गरिने बताउँदै मल्ल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार स्याङ्जा जिल्लामा कुल ६,७६० जना अपांगता भएका व्यक्ति रहेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


