प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
स्याङ्जा : प्रथम पिङ्क सिटि महोत्सव कप–२०८१ पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको छ । छ वटा पालिका रहेका प्रतियोगितमा लिग चरणका खेल सकिएसँगै सेमिफाइनमा प्रवेश गर्नेको टुङ्गो लागेको हो ।
लिग खेलमा अपराजित रहेको वालिङलाई सिधा सेटमा गल्याङले २५–१९, २५–१९ र २५–१९ ले पराजित गरको हो । गल्याङको जितसँगै दुबै टिमको समान १२/१२ अङ्क रहेपनि सेट जितको आधारमा गल्याङ पहिलो बनेको हो । पहिलो बनेको गल्याङ चौथोँ भीरकोट सँग फाइनल प्रवेशको लागि भिड्ने छ ।
पालिका स्तरीय पुरुष भलिबलमा समान अङ्क भएपनि सेटको आधारमा दोस्रो बनेको वालिङले तेस्रो स्थानको बिरुवासँग सेमिफाइनमा भेट पक्का गरेको हो । बिरुवाले भीरकोट लाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो र चौथो भएका हुन् ।
प्रतियोगिताका विजेता टिमले एक लाख ५५ हजार रुपियाँ र उपविजेताले एक लाख ५ हजार रुपियाँ तथा तेस्रोले ५५ हजार र चौथो हुनेले ३० हजार रुपियाँ सहित मेडल र प्रमाणपत्र पाउनेछ । फागुन २६ गतेबाट शुरु भएको खेलकुद चैत ३ गते समापन हुनेछ ।

समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


