चापाकोटका विद्यार्थीलाई विपद व्यवस्थापन सीप सिकाउदै नेपाली सेना
गोपिकृष्ण रेग्मी/चापाकोट :
स्याङ्जा चापाकोट नगरपालिकाका सामुदायिक विद्यालयमा नेपाली सेनाको टोलीले विपद व्यवस्थापन मानविय सिप तालिम कक्षा अभियान सन्चालनमा ल्याएको छ । चापाकोट नगरपालिका वडा न ९ मा रहेको गंगालाल माविका विद्यार्थीहरु लाई दुई दिने विपद व्यवस्थापन तालिम दिइएको क्याप्टेन कल्याण थापाले बताउनु भयाे ।
चापाकोट नगरका माध्यिमक तहका कक्षाहरुमा विद्यार्थीहरुलाइ विपदका बेला मानवीय सीप सिकाउन चापाकोट आएको उहाँको भनाइ थियो । २ दिने तालिम समापनमा बोल्दै चापाकोट नगरका नगर प्रमुख देव बहादुर खाण (इश्वर) ले विद्यार्थीहरु कांचो माटो भएकोले जस्तो सीप सिकायो उस्तै निस्कने भन्दै विपदमा मानविय सेवामा जुटन आग्रह गर्नु भयाे ।
कार्यक्रममा चापाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख मनोज शिर्मल, वडा न ९ का वडा अध्यक्ष कृष्ण सुवेदी तालिममा सहभागी विद्यार्थी ममता पङेनी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरण्यलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य गोपाल प्रासाद रेग्मी र कार्यक्रम सन्चालन शिक्षक रामचन्द्र भट्टराईले गर्नु भएकाे थियाे ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


