नवजागरण संस्थाको तेस्रो साधारणसभा सम्पन्न ।

राधाकृष्ण डुम्रे/वालिङ :
नवजागरण संस्थाको तेस्रो बार्षिक साधारण सम्पन्न भएको छ । संस्थाले कालीगण्डकी गाउँपालिका–३ को मौलादेवी वैघागाउँ होमस्टेमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका सदस्यहरुले कालीगण्डकीको आलमदेवी मन्दिरमा सामुहिक दर्शन तथा पुजा गरे पश्चात होमस्टेमा पुगेर साधारण गरिएको हो ।
प्रत्येक बर्ष विभिन्न धार्मिक स्थल तथा पर्यटकीय स्थलमा पुगेर साधारणसभा गर्दै आएको संस्थाले यो पटक कालीगण्डकीमा पुगेर साधारण सभा सम्पन्न गरेको हो । आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न प्रत्येक बर्ष फरक फरक ठाउँमा साधारण सभा गर्दै आएको संस्थाका अध्यक्ष अर्जुन प्रसाद खनालले जानकारी दिनुभयो ।
साधारण सभामा बोल्नुहुँदै गण्डकी प्रदेशका पूर्बमन्त्री सरस्वती अर्याल तिवारीले स्थापनाको छोटो समयमा संस्थाले नै प्रभावकारी रुपमा सामाजिक कार्य गरेको बताउनु भयो । उहाँले भन्नुभयो,“संस्थाले गरेको सामाजिक कार्य प्रभावकारी छ, यसलाई निरन्तरता दिन जरुरी छ ।”
कार्यक्रममा भीरकोट नगरपालिकाका पूर्व नगरप्रमुख छाँयाराम खनाल,कालीगण्डकी गाउँपालिका–४ का वडा अध्यक्ष यादव प्रसाद पाण्डे सुन्दर, गरिमा विकास बैंकका पूर्ब अध्यक्ष तथा संस्थाका सल्लाहकार जलेश्वर पाण्डे, यज्ञ प्रसाद अधिकारी,हिमलाल पंगेनी लगायतले बोल्नु भएको थियो ।
वालिङ नगरपालिका वडा नं.१० मा कार्यालय रहेको संस्थाले सरकारी तथा गैह्रसरकारी संघसंस्थासँग मिलेर सामाजिक काम गर्दै आएको छ । शिक्षा,स्वास्थ्य लगायतका सामाजिक कार्यमा निरन्तर काम गर्दै आएको संस्थाका अध्यक्ष अर्जुन प्रसाद खनालले बताउनु भयो ।

Facebook Comments Box
TOP