मुक्तिनाथ विकास बैंकको अध्यक्षमा मल्ल
वालिङ :
मुक्तिनाथ विकास बैंक लिमिटेडको अध्यक्षमा स्याङ्जाका खिम प्रकाश मल्ल नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई नयाँ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । मल्ललाई फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि सञ्चालक सदस्य नियुक्त गरेको थियो ।
यसअघिका बैंकका अध्यक्ष भरत राज ढकालले आफ्नो व्यक्तिगत कारणवस बैंकको सञ्चालक पदमा रही कार्य गर्न असमर्थ रहेको भन्दै राजिनामा दिनुभएको थियो । उहाँको राजीनामा फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।
उहाँ २०८० पुस २८ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट चार वर्षको कार्यकाल रहने गरी संस्थापक समूहबाट सञ्चालक पदमा निर्वाचित भई २०८० पुस २८ गतेको सञ्चालक समितिको ३१५ औं बैठकबाट सर्वसम्मत अध्यक्ष पदमा छनौट हुनुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


