स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
वालिङ :
स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१ बर्षको उमेरमा निधन भएको हो । लामो समय देखि मुखको क्यान्सरको उपचार गराउँदै आउनु भएका रिजालको मङ्गलबार राती स्याङ्जाको विरुवा गाउँपालिका–८ स्थित आफ्नै घरमा निधन भएको परिवारले जनाएको छ ।
३० बर्ष स्वास्थ्य सेवामा विताउनु भएका डिल्लीराज गाउँको डाक्टरको रुपमा परिचित हुनुहुन्थ्यो । स्वर्गीय रिजाल २०५४ सालमा साविक मनकामना गाविस वडा नं.४ को निर्विरोध वडा सदस्य समेत बन्नु भएको थियो । उहाँका श्रीमती ,एक छोरा र पाँच छोरी रहेका छन् ।
स्वर्गीय रिजालको हिन्दु परम्परा अनुसार चापकोटको दामाचौर स्थित कालीगण्डकी तटमा आज दिउसो अन्तिम सस्कार गरिएको छ ।
तस्बिर ः स्वर्गीय डिल्लीराज रिजाल ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


