स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।

वालिङ :
स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१ बर्षको उमेरमा निधन भएको हो । लामो समय देखि मुखको क्यान्सरको उपचार गराउँदै आउनु भएका रिजालको मङ्गलबार राती स्याङ्जाको विरुवा गाउँपालिका–८ स्थित आफ्नै घरमा निधन भएको परिवारले जनाएको छ ।
३० बर्ष स्वास्थ्य सेवामा विताउनु भएका डिल्लीराज गाउँको डाक्टरको रुपमा परिचित हुनुहुन्थ्यो । स्वर्गीय रिजाल २०५४ सालमा साविक मनकामना गाविस वडा नं.४ को निर्विरोध वडा सदस्य समेत बन्नु भएको थियो । उहाँका श्रीमती ,एक छोरा र पाँच छोरी रहेका छन् ।
स्वर्गीय रिजालको हिन्दु परम्परा अनुसार चापकोटको दामाचौर स्थित कालीगण्डकी तटमा आज दिउसो अन्तिम सस्कार गरिएको छ ।
तस्बिर ः स्वर्गीय डिल्लीराज रिजाल ।

Facebook Comments Box
TOP