दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम

वालिङ :
दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको पदाधिकारी तथा सदस्यहरु सम्मिलित १४ जनाको प्रतिनिधि मण्डललाई वालिङ उद्योग वाणिज्य संघमा स्वागत तथा परिचयात्मक भेटघाट कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दुईसंघबीचको अनुभव आदानप्रदान गरिनुका साथै संघहरुले गरेका विभिन्न गतिविधिहरुको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । आ–आफ्नो संघका गतिविधिहरु र समसामयिक ब्यवसायिक समस्याहरुको बारेमा अध्यक्षद्वय श्रेष्ठ र गुरागाइँले प्रस्तुति दिनुभएको थियो भने अन्तरक्रियाका क्रममा सहभागी सदस्यहरुबाट उठेका जिज्ञाशाहरुको सहजीकरण समेत अध्यक्षद्वयले गर्नुभएको थियो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले हाम्रो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले न्युन विजकीकरण लगायतका ब्यवसायीका कतिपय साझा समस्याहरु समाधानमा उल्लेखनीय भूमिका खेल्नुपर्ने कुरा ब्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा मन्तव्य राख्नुहुँदै दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य गोकुल श्रेष्ठले नेउवामहासंघमा जिल्ला/नगर उद्योग वाणिज्य संघका समस्याहरुलाई जोडदार रुपमा उठान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारले गर्नुभएको थियो । स्वागत कार्यक्रम सकिए लगतै होलीको अवसर परेकोले सबैले एक–आपसमा रङ्ग खेलेर होली मिलन कार्यक्रम पनि गरिएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…