मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ ।
क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी सङ्घका गोविन्द भण्डारी सर्वसहमतिमा निर्वाचित हुनु भएको क्याम्पसका पूर्व स्ववियु सभापति खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
नेविसङ्घबाट सचिव समीक्षा तिवारी, सह–सचिव पूजा बस्याल निर्वाचित हुनुभएको छ भने अनेरास्ववियुबाट उपाध्यक्षमा भूमिका बस्याल, कोषाध्यक्ष तिर्सना क्षेत्री निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा लक्ष्मी पराजुली देवि तिवारी, सौगात पल्ली, सलिना न्यौपाने, अन्जली श्रेष्ठ कृष्ण न्यौपाने रहनुभएको छ ।
दुई वटा सङ्गठन निर्वाचनका लागि दर्ता भएको र सहमतिमै नेतृत्व चयन भएकाले निर्वाचित टिम घोषणा गरिएको हो । ११ सदस्यीय विद्यार्थी युनियनमा नौं जना नेविसङ्घबाट र दुई जना अनेरास्ववियु उपसभापति र कोषाध्यक्षमा समावेश भई समिति गठन भएको पूर्व सभापति भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


