मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ ।
क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी सङ्घका गोविन्द भण्डारी सर्वसहमतिमा निर्वाचित हुनु भएको क्याम्पसका पूर्व स्ववियु सभापति खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
नेविसङ्घबाट सचिव समीक्षा तिवारी, सह–सचिव पूजा बस्याल निर्वाचित हुनुभएको छ भने अनेरास्ववियुबाट उपाध्यक्षमा भूमिका बस्याल, कोषाध्यक्ष तिर्सना क्षेत्री निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा लक्ष्मी पराजुली देवि तिवारी, सौगात पल्ली, सलिना न्यौपाने, अन्जली श्रेष्ठ कृष्ण न्यौपाने रहनुभएको छ ।
दुई वटा सङ्गठन निर्वाचनका लागि दर्ता भएको र सहमतिमै नेतृत्व चयन भएकाले निर्वाचित टिम घोषणा गरिएको हो । ११ सदस्यीय विद्यार्थी युनियनमा नौं जना नेविसङ्घबाट र दुई जना अनेरास्ववियु उपसभापति र कोषाध्यक्षमा समावेश भई समिति गठन भएको पूर्व सभापति भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


