गरिमा विकास बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स’ अवार्ड
काठमाडौं :
गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठि ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित भएको छ ।
कर्पोरेट क्लब नेपालले आयोजना गरेको अवार्ड समारोहमा २२ विधा मध्ये गरिमा विकास बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स २०२४ इन डेभलपमेन्ट बैंक, रिजनल बैंक एन्ड फाइनान्स कम्पनी’ विधामा उक्त अवार्ड प्रदान गरिएको हो ।
प्राप्त अवार्डले ग्राहकलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको बैंकले जनाएको छ ।
सम्मानले आगामी दिनमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाइ छ ।
बैंकका अनुसार उक्त अवार्डको जुरी मेम्बरमा प्रो. डा. फत्तबहादुर केसी, सशिन जोशी, सरिता अधिकारी र दिलभूषण पाठक रहेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


