गरिमा विकास बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स’ अवार्ड

काठमाडौं :
गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठि ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित भएको छ ।
कर्पोरेट क्लब नेपालले आयोजना गरेको अवार्ड समारोहमा २२ विधा मध्ये गरिमा विकास बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स २०२४ इन डेभलपमेन्ट बैंक, रिजनल बैंक एन्ड फाइनान्स कम्पनी’ विधामा उक्त अवार्ड प्रदान गरिएको हो ।
प्राप्त अवार्डले ग्राहकलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको बैंकले जनाएको छ ।
सम्मानले आगामी दिनमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाइ छ ।
बैंकका अनुसार उक्त अवार्डको जुरी मेम्बरमा प्रो. डा. फत्तबहादुर केसी, सशिन जोशी, सरिता अधिकारी र दिलभूषण पाठक रहेका थिए ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…