गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा
स्याङ्जा :
गरिमा विकास बैंकले ग्लोवल मनी वीक २०२५ अभियान अन्तर्गत वालिङ स्थित वालिङ बहुमुखी क्याम्पस वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले विभिन्न शाखामार्फत देशका विभिन्न ठाउँहरूमा वित्तीय साक्षरता र सचेतना कार्यक्रम आयोजना गरेको हो। सोही अभियानकै अवसरमा वालिङ बहुमुखी क्याम्पसमा कक्षा ११ र१२ का विद्यार्थीलाई वैंकिङ सम्वन्धी कक्षा सन्चालन गरिएको गरिमा विकास वैंक वालिङ शाखाका प्रमुख प्रेम किशोर अर्यालले जानकारी दिए ।
कार्यक्रममा वैकका क्षेत्रिय प्रमुख लेखनाथ भट्टराईले समयानुकुल परिवर्तन भईरहेका वैंकका विभिन्न सुविधा र प्रविधिको वारेमा यस्ता कक्षा सन्चालन हुँदा निकै प्रभावकारी हुने वताएका थिए ।
कतिपय सुविधा उपयोग गर्दा जानेर वा नजानेर विभिन्न वैङ्किङ ठगी, ह्याकिङ समस्या र चोरी जस्ता घटना पनि चुनौतिका रूपमा आईरहेको हुँदा कसरी सुरक्षित हुने जस्ता कुराहरू सिकाउनुले नागरिक थप सुरक्षित हुने समेत वताएका थिए ।
कार्यक्रमअन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरू अन्तर्गत रहेका विभिन्न शाखा कार्यालय मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरूमा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरू, वित्तीय अनुशासन, आवश्यकता तथा चाहना, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, लगायतका विषयलाई समावेश गरी १० वटाभन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


