स्याङ्जा महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता

स्याङ्जा :
स्याङ्जा सदरमुका पुतलीबजार १ खेलमैदानमा जारी सातौ स्याङ्जा महोत्सव २०८१ मा दर्शकहरुको उल्लेखनीय सहभागिता देखिएको छ । फागुन ६ गतेबाट जारी भएको सातौ स्याङ्जा महोत्सवको ११ औं दिनसम्म आइपुग्दा महोत्सव अवलोकन गर्ने दर्शकहरुको उल्लेखनीय सहभागिता रहेको हो । ‘स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन नै आर्थिक समृद्धिको आधार’ भन्ने मुल नारासाथ आयोजना गरिएको सातौ स्याङ्जा महोत्सवले स्थानीय पहिचानलाई झल्काउने काममा सघाउ पुराएको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता लगायत महोत्सवका आकर्षणका केन्द्र बनेका छन् । हरेक दिन नयाँ, नयाँ कार्यक्रम आयोजनाले महोत्सव हेर्न दर्शकहरुको सहभागिताले हामीलाई उर्जा थपेको अध्यक्ष श्रेष्ठले बताए ।
एघारौं दिनसम्म आईपुग्दा झण्डै ७० हजार दर्शकले महोत्सव अवलोकन गरेको र झण्डै २ करोडभन्दा माथी व्यापारिक कारोवार भएको संघका महासचिव रविन केसीले जानकारी दिए । राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति र स्थानीय कलाकारको प्रतिभा प्रस्टफुटन गर्ने अवसरले महोत्सव सफलता तर्फ उन्मुख भएको आयोजकले जनाएका छन् । अव दुईदिनमा दर्शकहरुको अझै उल्लेख्य सहभागिता हुने अपेक्षा आयोजकको छ । आइतवार समापन हुने महोत्सवको पुतलीबजारका नगर प्रमुख तुलसीराम रेग्मीले गर्ने कार्यक्रम तय भइसकेको महासचिव केसीले बताए । महोत्सवको मुख्य प्रायोजक पुतलीबजार नगरपालिका रहेको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…