महासचिव अधिकारी किङ चाल्र्स थर्ड कोरोनेशनबाट सम्मानित

नेपाली समाजको सेवामा समर्पित गैर आवासिय नेपाली संघ एनआरएनए क्यानाडाकी महासचिव चन्द्रा अधिकारीलाई ऐतिहासिक सफलता हात परेको छ । उहाँ किङ चाल्र्स थर्ड कोरोनेशन ( King Charles III Coronation Medal) बाट सम्मानित हुनु भएकाे हाे । यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली महिला बन्नु भएकाे छ । क्यानाडा सरकारले सामाजिक सेवामा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई यो पदक प्रदान गर्ने गर्दछ ।
अधिकारीले कोभिड–१९ महामारीको कठिन समयमा नेपाली विद्यार्थीहरूका लागि राहत वितरण, आपतकालीन सहयोग, सामाजिक हिंसाविरुद्धको अभियान तथा बिपद् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएकाे थियाे । जसले गर्दा नेपाली समुदायकाबीच समस्या परेको बेला चन्द्रा अधिकारी साथमा हुन्छिन भन्ने गहिरो विश्वास नेपाली समुदायमा परेको छ । सानै उमेरदेखि सामाजिक काम गर्दै आउनु भएकी अधिकारी दुर्घटनाग्रस्त नेपालीहरूको उद्धार, समुदायमा कानुनी सहायता, मानसिक स्वास्थ्य जागरण, तथा असहायलाई सहयोग गर्दै अाउनु भएकाे छ । उहाँको नेतृत्वमा धेरै नेपालीले क्यानडामा न्याय र सहयोग पाएका छन्। जसका कारणले जहाँ नेपाली, त्यहाँ चन्द्रा अधिकारी भन्ने भावना क्यानाडामा बस्ने नेपालीहरूमा रहेको छ ।
उक्त सम्मान प्राप्त गरेपछि अधिकारीले यो पदक सिंगो नेपाली समुदायको सेवामा समर्पित भएर पाएको बताउनु भयाे । उहाँले भन्नु भयाे–‘मैले यो पदक आफ्नो लागि होइन, सिंगो नेपाली समुदायको सेवामा समर्पित भएर पाएकी हुँ। यो सम्मान सम्पूर्ण नेपाली समुदायकै हो। मलाई अझ ठूलो जिम्मेवारी बोध भएको छ।सम्मान सम्पूर्ण नेपाली समुदायकै हो। मलाई अझ ठूलो जिम्मेवारी बोध भएको छ।’ अधिकारीको सफलता सामाजिक सेवामा लाग्ने नयाँ पुस्ताका लागि प्रेरणा बन्ने क्यानडामा बस्ने नेपालीहरुको विश्वास रहेको छ । -newssamaya

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…