प्रतिक्षालयको शुभारम्भका साथै बृद्धबृद्धा सम्मानित ।

वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका–१० मोहोरिया स्थित सिद्धार्थ राजमार्गसँगै निर्माण गरिएको शितल प्रतिक्षालयको शुभारम्भ गरिएको छ । स्थानीयहरु मिलेर बनाएको प्रतिक्षालयको बयोबृद्धा पुना भट्टराईले शुभारम्भ गर्नु भएको हो ।
प्रतिक्षालय निर्माणको नेतृत्व गर्नु भएका स्थानिय समाजसेवी ढाकाराम डुम्रेले २ लाख ३९ हजारको लागतमा प्रतिक्षालय निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयको सहयोगमा प्रतिक्षालयको निर्माण गरिएको थियो ।
प्रतिक्षालय शुभारम्भका अवसरमा स्थानीय १० जना बृद्धबृद्धालाई सम्मान गरिएको छ । जीउँदो इतिहासका रुपमा रहेका बृद्धबृद्धालाई सम्मान गरिएको सूर्य प्रसाद पौडेलले बताउनु भयो । अनुभवबाट खारिएका बृद्धबृद्धाको अर्तिउपदेश सबैका लागि सहयोगी हुने उहाँको भनाई छ ।
सम्मान पछि आफू निक्कै हर्षित भएको स्थानीय बृद्ध बोधराज पंगेनीले बताउनु भयो । नसोचेको सम्मान पाउँदा सारै खुसी लागेको उहाँको भनाई छ । अर्की बृद्धा हरिकला डुम्रेले बृद्धबृद्धाको सम्मानले आफूहरु हर्षित भएको बताउनु भयो ।
सडक बिस्तारका क्रममा राजमार्गको छेउमा रहेको प्रतिक्षालय भत्काईए पछि सवारी कुर्ने यात्रु तथा विद्यार्थी लगायतलाई समस्या हुँदै आएको थियो । प्रतिक्षालय निर्माण पश्चात सबैलाई सहज भएको स्थानीय राधा गिरीले बताउनु भयो । पानी आउँदा तथा चर्काे घाम लाग्दा ओत लाग्ने ठाँउ थिएन अहिले निक्कै सहज भएको छ गिरीले भन्नुभयो ।
प्रतिक्षालय निर्माणका लागि स्थानीय प्रेमनारायण डुम्रेले जग्गा उपलव्ध गराउनु भएको थियो भने वालिङ १० कै खेमानन्द भट्टराईले सबै भन्दा धेरै ५३ हजार सहयोग गर्नु भएको निर्माण समितिले जनाएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…