श्रमिक नेता रिजालको निधन
स्याङ्जा :
नेपाल हस्तकला इम्ब्रोइडरी हेण्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघका केन्द्रीय अध्यक्षको असामयिक निधन भएको छ । श्रमिक संघका संस्थापक अध्यक्ष समेत रहेका तेजप्रसाद रिजालको शनिवार राति ह्रृदयघातका कारण ५१ बर्षको उमेरमा निधन भएको हो । स्याङ्जाको वालिङ नगरपालिका ४ निवासी रिजाल आफ्ना बुवा आमाको पितृ कार्यगर्न गाउँमा आएका बेला उनको ह्रृदयघातका कारण निधन भएको मृतक रिजालका भाई घनश्याम रिजालले जानकारी दिए ।
शनिवार राति स्वास्थ्यमा केही असहज भएपछि गह्रौ अस्पताल वालिङमा उपचार गर्न ल्याउदा डाक्टरले मृत घोषणा गरेका थिए । श्रमिक संघका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका रिजालको आईतवार हिन्दु परम्परा अनुसार रामनदीधाम राम्दीमा अन्तिम दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्नु अगाडी नेपाली काँग्रेसका नेता गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्ले लगायतका काँग्रेसका नेताहरुले पाटीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए ।
श्रमिकका नेता रिजालको निधनले नेपाली काँग्रेस मात्रै नभएर देशभरका श्रमिकहरुलाई ठुलो क्षती पुगेको सभापति अर्यालले बताए । यता नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा प्रतिनिधि सभा सदस्य राजु थापाले एक विज्ञप्ती जारी गर्दै रिजालको निधनले नेपाली काँग्रेस स्याङ्जा स्तब्ध र पार्टीलाई ठुलो क्षती पुगेको जनाएका छन् । स्वर्गिय रिजालले हस्तकला तथा सिलाई बुनाई श्रमिकहरुको हक र अधिकारका लागि सदैव सक्रिय रहेको स्मरण गर्दै हस्तकला विकासमा उहाँले पुरयाएको अतुलनीय योगदानको सदैव स्याङ्जा काँग्रेसले स्मरण गरिरहने सभापति थापाले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
रिजालको दुखद निधनमा गहिरो श्रद्धान्जली प्रकट गर्दै उहाँले श्रमिकहरुका पक्षमा देखाएको बाटो नेपाली काँग्रेस स्याङ्जाले अनुसरण गर्ने विज्ञप्ती मार्फत सभापति थापाले जनाएका छन् ।
देशभरका सिलाई बुनाई गर्ने श्रमिकहरुलाई जोडेर उनीहरुको हक अधिकार सुनिश्चित गर्ने उदेश्यले स्वर्गिय रिजालले श्रमिक संघ स्थापना गरेका थिए । स्थापनाकाल देखी नै रिजाल अध्यक्ष बन्दै श्रमिकहरुको पक्षमा लड्दै आएका थिए । स्वर्गिय रिजालका एक श्रीमति, एक छोरा र एक छोरी छन् । उनी काठमाण्डौ बसेर गार्मेन्ट उद्योग चलाउदै आएका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


