पुतलीबजारमा मौरी पालन सम्बन्धी तालिम सम्पन्न

स्याङ्जा :
हिलालाई उद्यमी बनाउनेगरि उद्यम बिकास सम्बन्धी प्राबिधिक सीप विकास तालिम दिने उदेश्यले आयोजित मौरी पालन तालिम सकिएको छ ।
पुतलीबजार नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम मेडपा अन्र्तगत ५ दिने मौरी पालन तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले तालिमले उद्यम र ब्यवसाय सिकाएको बताउनुभयो । सहभागीलाई मौरी पालन गरेर महको उत्पादन बढाउन समेत सुझाव दिनुभयो ।
तालिमका सहभागी सबैलाई एक ÷एक मौरी सहितको घार उपलब्ध गराउनेगरि तयारीमा जुटेको उहाले भन्नुभयो । तालिमलाई तालिममा मात्र सिमित नराख्न समेत उहाले जोड दिनुभयो ।
कार्यक्रममा प्रशासन शाखा प्रमुख धनप्रसाद कोइराला र रोजगार शाखा प्रमुख लक्ष्मी पौडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यसैगरी, तालिमका सहभागी मध्ये नगर स्तरीय महिला संजालका संयोजक सीता गोदार, उपसंयोजक लक्ष्मी थापा लगायतले तालिमले मौरी पालन सम्बन्धी सीप सिकाएको र आउदा दिनमा सीपको सही सदुपयोग गर्ने बताउनुभयो ।
तालिममा पुतलीबजार नगरपालिकाका १४ वटा वडाका महिला संजालका अध्यक्ष सहित एक सदस्यगरि २८ जनाको सहभागिता थिए । तालिममा इश्वरीप्रसाद ढकालले प्रशिक्षण दिनुभएको थियो ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…