प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल

स्याङ्जा :
प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएको हो ।
समितिको उपाध्यक्षमा जीवनप्रसाद अर्याल, महिला उपाध्यक्षमा अनिता गौतम, सचिवमा नारायण प्रसाद कोइराला, सहसचिवमा रोशन लामिछाने र मुना न्यौपाने र कोषाध्यक्षमा गोपाल अधिकारी रहेका छन् ।
यस्तै, सदस्यहरुमा राम बहादुर रोकाहा, माधवप्रसाद रेग्मी, विश्वेश्वरप्रसाद पोख्रेल, योमकान्त गैह्रे, निशान भट्टराई र यमकला अधिकारी (करुणा) रहेका छन् ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा मोहन गुरुङ र कला राना र प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी (सुशील) र राधिका पौडेल चयन भएका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले वर्तमान सरकार सधैं प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेक बताउँदै देश र समाज रुपान्तरणका लागि पत्रकारहरु इमान्दार र क्रियाशिल रहेर पत्रकारितालाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गर्नु भयाे ।
अधिवेशनमा पोलीट व्यूरो सदस्य तथा प्रदेश स्कुल विभाग प्रमुख टुकराज सिग्देल, नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सिता सुन्दास, केन्द्रीय सदस्य सिमा क्षेत्री, केन्द्रीय सदस्य किशोर विक्रम मल्ल, केन्द्रीय अनुशासन आयोग सदस्य चक्र बहादुर पराजुली, नेकपा एमाले प्रदेश कमिटी उपाध्यक्ष मिन प्रसाद गुरुङ, प्रदेश कमिटी सचिव घनन्जय दवाडी, जिल्ला कमिटीका अध्यक्ष सूर्य प्रसाद गैह्रे(पारस), उपाध्यक्ष महेश पुरी, सचिव रामचन्द्र भट्टराई, प्रचार विभाग प्रमुख एवं उपसचिव चिनमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…