युद्ध आफैसंगको

kulraj subedi

कुलराज सुबेदी :

 

मान्छेको जुनी लिएपछी

हरेक व्यक्तिले

आफै बिरुद्ध लड्नु पर्ने रहेछ

सबैभन्दा ठुलो युद्ध,

 

मस्तिष्क दोधार हुँदा

सत्यको लागी लड्नु पर्ने रहेछ

मुटु दोधारमा हुँदा

प्रेमको लागि लड्नु पर्ने रहेछ

नैतिकता दोधारमा हुँदा

निष्ठाको निम्ति लड्नु पर्ने रहेछ,

 

कहिलेकाँहि मस्तिष्कले एकथोक गर भन्छ

तर मनले अर्कैथोक गर भन्छ

नीतिले एकथोक गर भन्छ

अनि ब्यवहारले अर्कैथोक गर भन्छ,

हो,

मान्छेको जुनी प्राप्त गरेपछी

कहिले आशाको दियो

त कहिले निराशाको बादल

अनि कहिले सफलताको शिखर

त कहिले असफलताको पिडा

आफैभित्र गुम्साएर हिड्नु पर्दो रहेछ।

-लेखक सुवेदी नेपाल सरकारका अधिकृत हुनुहुन्छ । फाईल : तस्बिर

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP