युद्ध आफैसंगको

कुलराज सुबेदी :
मान्छेको जुनी लिएपछी
हरेक व्यक्तिले
आफै बिरुद्ध लड्नु पर्ने रहेछ
सबैभन्दा ठुलो युद्ध,
मस्तिष्क दोधार हुँदा
सत्यको लागी लड्नु पर्ने रहेछ
मुटु दोधारमा हुँदा
प्रेमको लागि लड्नु पर्ने रहेछ
नैतिकता दोधारमा हुँदा
निष्ठाको निम्ति लड्नु पर्ने रहेछ,
कहिलेकाँहि मस्तिष्कले एकथोक गर भन्छ
तर मनले अर्कैथोक गर भन्छ
नीतिले एकथोक गर भन्छ
अनि ब्यवहारले अर्कैथोक गर भन्छ,
हो,
मान्छेको जुनी प्राप्त गरेपछी
कहिले आशाको दियो
त कहिले निराशाको बादल
अनि कहिले सफलताको शिखर
त कहिले असफलताको पिडा
आफैभित्र गुम्साएर हिड्नु पर्दो रहेछ।
-लेखक सुवेदी नेपाल सरकारका अधिकृत हुनुहुन्छ । फाईल : तस्बिर
Facebook Comments Box
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…