प्रथम पिंक सिटि महोत्सव फागुन २१ बाट हुने ।
वालिङ :
स्याङ्जाको वालिङमा पहिलो पटक हुन लागेको ‘पिंक सिटि महोत्सव’ फागुन २१ गतेबाट हुने भएको छ । यस अघि फागुन ९ गतेबाट हुने तय भएको महोत्सवको समय परिवर्तन गरी फागुन २१ गते पुर्याईएको हो । वालिङ चेम्वर अफ कमर्शको आयोजनामा हुने महोत्सवको समय परिवर्तन गरिएको संस्थाका महासचिव गणेश राउतले जानकारी दिनुभयो ।
महासचिव राउतले निकालेको प्रेस बिज्ञप्तीमा भनिएको छ,“वालिङ चेम्बर अफ कमर्स द्वारा वालिङको सान, कृषि, खेलकुदहरु, कला संस्कृति, पर्यटन तथा औद्योगिक विकास हाम्रो पहिचान भन्ने मुल नाराका साथ वालिङ सिटि महोत्सव मिति २०८१।११।०९ देखि १८ गते सम्म आयोजना गरिएकोमा, वालिङ उद्योग वाणिज्य संघले नारा र नाम मिल्दोजुल्दो भएको हुनाले फरक बनाउन दिएको सुझाव, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ द्वारा आयोजना गरिएको ७औं महोत्सव मिति २०८१।११।०६ देखि १८ सम्म समेत एकै समयमा परेको हुनाले स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, स्याङ्जा चेम्बर अफ कमर्स तथा विभिन्न राजनितिक दल, उद्योगी व्यापारी संघ संस्था समेतको सुझाव लाई मध्यनजर गरि वालिङ चेम्बर अफ कमर्सको २०८१।१०।२१ गते बसेको बैठकबाट “आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ” भन्ने मुल नाराका साथ २०८१।११।२१ गते देखि २०८१।१२।०३ गते सम्म प्रथम पिंक सिटि महोत्सव वालिङ – २०८१ आयोजना हुने भएका छ ।”
महोत्सवको लागि तयारी तिव्र पारिएको भए पनि सवैको सुझाव र सल्लाह अनुसार समय परिवर्तन गरिएको वालिङ चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


