प्रथम पिंक सिटि महोत्सव फागुन २१ बाट हुने ।
वालिङ :
स्याङ्जाको वालिङमा पहिलो पटक हुन लागेको ‘पिंक सिटि महोत्सव’ फागुन २१ गतेबाट हुने भएको छ । यस अघि फागुन ९ गतेबाट हुने तय भएको महोत्सवको समय परिवर्तन गरी फागुन २१ गते पुर्याईएको हो । वालिङ चेम्वर अफ कमर्शको आयोजनामा हुने महोत्सवको समय परिवर्तन गरिएको संस्थाका महासचिव गणेश राउतले जानकारी दिनुभयो ।
महासचिव राउतले निकालेको प्रेस बिज्ञप्तीमा भनिएको छ,“वालिङ चेम्बर अफ कमर्स द्वारा वालिङको सान, कृषि, खेलकुदहरु, कला संस्कृति, पर्यटन तथा औद्योगिक विकास हाम्रो पहिचान भन्ने मुल नाराका साथ वालिङ सिटि महोत्सव मिति २०८१।११।०९ देखि १८ गते सम्म आयोजना गरिएकोमा, वालिङ उद्योग वाणिज्य संघले नारा र नाम मिल्दोजुल्दो भएको हुनाले फरक बनाउन दिएको सुझाव, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ द्वारा आयोजना गरिएको ७औं महोत्सव मिति २०८१।११।०६ देखि १८ सम्म समेत एकै समयमा परेको हुनाले स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, स्याङ्जा चेम्बर अफ कमर्स तथा विभिन्न राजनितिक दल, उद्योगी व्यापारी संघ संस्था समेतको सुझाव लाई मध्यनजर गरि वालिङ चेम्बर अफ कमर्सको २०८१।१०।२१ गते बसेको बैठकबाट “आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ” भन्ने मुल नाराका साथ २०८१।११।२१ गते देखि २०८१।१२।०३ गते सम्म प्रथम पिंक सिटि महोत्सव वालिङ – २०८१ आयोजना हुने भएका छ ।”
महोत्सवको लागि तयारी तिव्र पारिएको भए पनि सवैको सुझाव र सल्लाह अनुसार समय परिवर्तन गरिएको वालिङ चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


