नवग्रह मन्दिर तथा धार्मिक महोत्सवमा भक्तजनको घुइँचो ।

वालिङ :

नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गिता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा भक्तजनको घुइचो लागेको छ । अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा पाँचौ दिन एकै दिन हजारौ भक्तजनले पुजाआजा गरेका छन् । मन्दिरमा पुजाको तथा दर्शनको लागि बिहान नौ बजेबाट नै लाइन लगाउनु परेको थियो ।
अनुष्ठान शुरु भएसँगै भक्तजनको घुइचो लागे पनि शनिबार पुजा गर्ने मन्दिर भएकाले बार नै परेकाले भक्तजनले लामो लाइनमै बसेर पुजाआजा गर्नु परेको हो । १४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सब गरिएको हो ।
१४ गते सम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दिप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, आर्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिदै आएको छ ।


प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्वय कृष्ण महाराज प्रमुख बाचक रहनु भएको छ भने शनिबार केशवानन्द स्वामीले धार्मिक प्रवचन दिनु भएको हो ।
यस मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सबमा खुमन अनधिकारी, नेपाली क्रिकेटर सन्दिप लामिछाने लगायतले नवग्रह मन्दिरमा पुजाआजा समेत गर्नु भएको छ ।
घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पुजा गर्ने गरिएकोमा नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजा अर्चना गर्न पाइने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
१५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह स्तम्भ बनाइएको छ । स्तम्भको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ । नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने षट्कोण शिवालयको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग(सात क्वीन्टलक) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ


यस मन्दिरमा षट्कोण शिवालयको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता(तेलको पोखरी), स्ष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिंगको दुई पटक घुमेर पूजा गरेसँगै हनुमान, लक्ष्मी, कालाभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ ।
षट्कोण शिवालयको पूजा पश्चात देवरे छेउँबाट हिडेर करिब तीन सय मिटर टाढा रहेको बर्षौ देखी पूजा अर्चना गरिदै आएको पञ्चकन्याको मन्दिरको दर्शन गरिने छ । त्यस पश्चात विपरितबाटो दियो आकारको पूर्व तर्फ फर्केको नवग्रहमन्दिर पुगिने छ । नौ चक्रमा रहेको मन्दिरको एक ठाउँबाट छिरेर परिक्रमा सहितको पूजा गरेपछि सुरुङबाट बाहिर निस्कने छ । यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने यस मन्दिरमा विवाह नहुने हुदाँ सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ ।
यहाँ आउने हरेक भक्तजनलाई रुद्राक्षको माला लगाउने ब्यवस्था गरिएको छ भने भोकै आउनेलाई निःशुल्क खानाको ब्यवस्था गरिएको छ । पाँचौ दिन सम्म तीन हजार भक्तजनले धार्मिक महोत्सवमा पुजाआजा तथा दर्शन गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले बताउनुभयो ।

Facebook Comments Box
TOP