नेपाल धार्मिक पर्यटनको सम्भावना भएको देश हो : मन्त्री पाण्डे
स्याङ्जा :
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको बताउनुभएको छ।
अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा मंगलबार मन्त्री पाण्डेले मानव सभ्यताको लागि नवग्रह मन्दिर कोषेढुङ्गा हुने बताउनुभयो। नेपाल नै धार्मिक पर्यटनको सम्भावना भएको देश भएको बताउदै मन्त्री पाण्डेले नवग्रह मन्दिर अब धार्मिक पर्यटकीय स्थल बनेको जिकिर गर्नुभयो।
नवग्रहले आलमदेवीदेखि मुक्तिनाथ जस्ता धार्मिक स्थललाई जोडनुपर्ने बताउदै मन्त्री पाण्डेले अब हजारौँ दर्शनार्थी आउने बताउनुभयो।
जल, जडिबुटी, वन लगायतका प्राकृतिक हिसाबले नेपाल धनी रहेको उहाँको भनाइ छ। स्थानीय आमा दिदी बहिनीको मुख्य सहयोगमा मन्दिर बनेको सुन्दा आफू हर्षित भएको बताउदै मन्त्री पाण्डेले मातृशक्तिले देखाएको बाटो हाम्रा लागि कल्याणकारी बाटो भएको बताउनुभयो।
सरकारले विकासको लागि त्रिभुजको परिकल्पना गरेको बताउदै मन्त्री पाण्डेलले नेपालको बिचमा रहेको मुग्लिन, पोखरा र बुटवललाई जोडने बताउनुभयो।
स्याङ्जाको भविष्य रहेको रहेको बताउदै सिद्धार्थ राजमार्ग चौडा गरेसँगै जिल्लाले विकासले फड्को मार्ने मन्त्री पाण्डेको भनाइ छ।
कार्यक्रममा संघीय सांसद राजु थापाले नवग्रह मन्दिरले धार्मिक पर्यटनको बाटो खोलेको बताउनुभयो।
यस्तै प्रदेश सांसद कल्पना तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेलगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभयो।
१४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सव हुँदैछ।
फागुन १४ गतेसम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दीप प्रज्वलन, चार वेदको पाठ पारायण, गायत्री मन्त्रद्वारा सवालाख हवन, आर्मिक अन्र्तक्रिया, सन्ध्याकालीन महाआरती तथा भजनकृतन गरिने छ। gorkhapatra online

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


