नवग्रह मन्दिरको निर्माण पछि फेरियो अर्जुनचौपारी रौनक,संस्कृति मन्त्रीले उद्घाटन गर्ने
स्याङ्जा : नेपालकै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सव मङगलबार देखी शुरु हुदै छ । अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण १४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सब गरिएको हो ।
मङगलबारबाट १४ गते सम्म चल्ने नव्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दिप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, आर्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिने छ ।
विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरिएको हो । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्दिरको उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
मङगलबार बिहान साढे १० बजे नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठानको मन्त्री पाण्डेले शुभारम्भ गर्नेछन् । प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्वय कृष्ण महाराज गूरु प्रमुख बाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अनधिकारी लगायतका राष्ट्रिय कलाकारले मनोरञ्जन दिने छन् ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


