प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
वालिङ १ फागुन
कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको तीन वटा गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्येबाट प्रथम, द्धितिय र तृतिय भएका हुन् ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा बृत्त आयोगले गरेको कार्य सम्पादन कार्य विधि २०७८ दफा ८ को अधिनमा रही कार्य सम्पादनको आधारमा मूल्यांकन गरी अंक प्रदान गर्दा यहाँको कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंक सहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्धितिय र फेदिखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतिय भएका हुन् ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको यो दोस्रो कार्यकाल हो । पहिलो र दोस्रो दुवै कार्यकालमा अध्यक्ष बनेका थापा र सुवेदीले पालिकामा गरेका कामको निकै चर्चा हुँदै आएको छ ।
त्यस्तै आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल युवा नेतृत्व हुनुहुन्छ । ५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा नगरपालिकाहरुको कार्य सम्पादन कमजोर देखिएको छ । ५ नगरपालिका मध्ये वालिङले ७३.७ अंक प्राप्त गरेको छ भने भीरकोटले ६५.७, पुतलीबजारले ७१.७ र चापाकोटले ६२.६ अंक प्राप्त गरेको छ ।
त्यस्तै गाउँपालिकातर्फ विरुवाले ७४.३, अर्जुनचौपारीले ६४.९ र हरिनासले ५४.२, अंक प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका ७५३ वटा स्थानीय तहमध्ये चौँथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाचौँ बनेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


