ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
भीरकोट :
भीरकोट जेसीजको आयोजनामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भीरकोट नगरपालिका १ बयरघारीमा भएको प्रतियोगितामा सी लेभल डबल पुरुष र भेट्रान्स पुरुष डबल प्रतियोगिता भएको थियो।
सि लेभल डबल पुरूष तर्फ नवीन थापा र सनिल थापा (गल्याङ) को समूहले प्रथम स्थान प्राप्त गर्दै शिल्ड, मेडल र नगद पुरस्कार हात पारेको छ । यसैगरी आशिष शाही र दिवाकर पङ्गेनी (चापाकोट) ले फस्ट रनर अप को उपाधी प्राप्त गर्नुभयो। प्रकाश गुरूङ र लिल बहादुर भण्डारी ( भीरकोट) ले सेकेण्ड रनर अप को उपाधी प्राप्त गर्नुभयो। एलेक्स थापा र सिमन मल्लले पनि सेकेन्ड रनर अपको उपाधी जित्नुभयो।
यसैगरी भेट्रान्स पुरुष डबल तर्फ युवराज गुरूङ र विक्रम गुरूङ(भीरकोट) को समूहले प्रथम स्थान प्राप्त गर्दै शिल्ड, मेडल र नगद पुरस्कार हात पारेको छ । किरन ठकुरी र बिरू थापा ( वालिङ) ले फस्ट रनर अप को उपाधी प्राप्त गर्नुभयो। युवराज आले र लाल बहादुर थापा (वालिङ ) को समूह र शालिकराम पाण्डे र बसन्त थापा (वालिङ ) को समुहले सेकेन्ड रनर अपको उपाधी जित्नुभयो।
प्रतियोगिताका विजेताहरूलाई अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष एवं प्रमुख प्रकाश तिवारी र भीरकोट जेसिजका मानार्थ सदस्य यामप्रसाद तिवारीले पुरस्कार प्रदान गर्नुभएको थियो। विजेताहरूलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी तिवारीले युवाहरूमा सकारात्मक काम गर्ने अठोट, जोस जाँगर र हिम्मत हुनुपर्ने बताउनुभयो । छोटो अवधिमै सफलतापूर्वक जिल्लास्तरीय खेल प्रतियोगिता आयोजना गरेकोमा भीरकोट जेसिजको प्रशंसा गर्दै उहाँले युवाहरूले आफ्नो क्षमतालाई सही ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
बयरघारी ब्याडमिन्टन क्लबसँगको सहकार्यमा भीरकोट जेसिजले फागुन २ र ३ गते जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन गरेको थियो। भीरकोट नगरपालिका वडा नं. १, बसपार्कस्थित बयरघारी ब्याडमिन्टन कोर्टमा भएको प्रतियोगितामा सि लेभल तर्फ ३२ टिम र भेट्रान्स तर्फ २१ टिम गरि जम्मा ५३ टिमको सहभागिता रहेको खेल संयोजक एवं भीरकोट जेसिजका अध्यक्ष शिव खनालले जानकारी दिनुभयो।
प्रतियोगितामा सी लेभल डबलतर्फ पहिलो स्थान हासिल गर्नेले रू ३० हजार नगदसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेका छन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः रु २० हजार र ५/५ हजार नगद पुरस्कार पाएका छन्। भेट्रान्स पुरुष डबलतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले रु २५ हजार नगद प्राप्त गरेका छन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः रु १५ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। -स्मार्ट अखबार
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


