भीरकोट जेसीजको आयोजनामा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने
भीरकोट
भीरकोट जेसीजको आयोजनामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। बयरघारी ब्याडमिन्टन क्लबसँगको सहकार्यमा भीरकोट जेसीजले यही फागुन २ र ३ गते जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको भीरकोट जेसीजका अध्यक्ष शिव खनालले जानकारी दिनुभयो। प्रतियोगिता भीरकोट नगरपालिका वडा नं. १, बसपार्कस्थित बयरघारी ब्याडमिन्टन कोर्टमा हुने उहाँकाे भनाइ छ ।
प्रतियोगितामा सी लेभल डबल पुरुष र भेट्रान्स पुरुष डबल गरि दुई विधामा खेल सञ्चालन हुनेछ। सी लेभल डबलतर्फ पहिलो स्थान हासिल गर्नेले रू ३० हजार नगदसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः रु २० हजार र ५/५ हजार नगद पुरस्कार पाउनेछन्। भेट्रान्स पुरुष डबलतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले रु २५ हजार नगद प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः रु १५ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताका लागि सी लेभलतर्फ रु ३ हजार र भेट्रान्सतर्फ रु २हजार ५ सय दर्ता शुल्क तोकिएको छ। फागुन १ गतेसम्म टिम दर्ता खुला रहने अध्यक्ष खनालले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


