भीरकोट जेसीजको आयोजनामा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

भीरकोट
भीरकोट जेसीजको आयोजनामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। बयरघारी ब्याडमिन्टन क्लबसँगको सहकार्यमा भीरकोट जेसीजले यही फागुन २ र ३ गते जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको भीरकोट जेसीजका अध्यक्ष शिव खनालले जानकारी दिनुभयो। प्रतियोगिता भीरकोट नगरपालिका वडा नं. १, बसपार्कस्थित बयरघारी ब्याडमिन्टन कोर्टमा हुने उहाँकाे भनाइ छ ।
प्रतियोगितामा सी लेभल डबल पुरुष र भेट्रान्स पुरुष डबल गरि दुई विधामा खेल सञ्चालन हुनेछ। सी लेभल डबलतर्फ पहिलो स्थान हासिल गर्नेले रू ३० हजार नगदसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः रु २० हजार र ५/५ हजार नगद पुरस्कार पाउनेछन्। भेट्रान्स पुरुष डबलतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले रु २५ हजार नगद प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः रु १५ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताका लागि सी लेभलतर्फ रु ३ हजार र भेट्रान्सतर्फ रु २हजार ५ सय दर्ता शुल्क तोकिएको छ। फागुन १ गतेसम्म टिम दर्ता खुला रहने अध्यक्ष खनालले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…